Thursday, April 18, 2024

सहकारी म्यानेजर्स क्लब गठन

सिन्धुली – सिन्धुलीमा आज सहकारी म्यानेजर्स क्लब गठन भएको छ । जिल्लामा सन्चालीत सहकारीका ब्यवस्थापकहरुको भेलाले दिपेन्द्र ध्वज बस्नेतको अध्यक्षतामा नौ सदस्यीय क्लब गठन गरेको हो । क्लबको उपाध्यक्ष अनु क्षेत्री, सचिब जिवि श्रेष्ठ, कोषाध्यक्ष नविन कार्की, सदस्यहरु अमिर बस्नेत, श्याम बुढाथोकी, सन्जु थापा, रोशन सुनुवार, रोशनी वाईबा रहेका छन् ।
सहकारी म्यानेजर्स क्लबमा सल्लाहकारमा राम बज्यू, रमेश प्रसाद चौलागाई र तेजेन्द्र खड्का रहनु भएको छ । सहकारी कर्मीहरुको क्लब भएकाले सबै सहकारीका कर्मचारीहरुको हक हितका लागि क्लब सधै अगाडि बढ्ने प्रतिबद्धता अध्यक्ष दिपेन्द्र ध्वज बस्नेतले दिनुभएको छ ।

spot_img

Hot Topics

Related Articles