Tuesday, December 16, 2025

सप्तरी चोरी भएको छिन्नमस्ता भगवतीको चाँदीको मुकुट भेटियो

सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकामा रहेको प्रसिद्ध छिन्नमस्ता खण्डेश्वरी भगवती मन्दिरमा चोरी भएको चाँदीको मुकुट फेला परेको छ । प्रहरीले आइतवार रातिदेखि मन्दिरबाट हराएको चाँदीको मुकुटसहित एक जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख राजेन्द्र प्रसाद धमलाले विष्णुपुर गाउँपालिका(५ मझाउ टोलका २६ वर्षीय राजेश कुमार मण्डललाई मुकुटसहित नियन्त्रणमा लिइएको बताउनु भएको छ । मण्डलले आफूले मुकुट चोरेको स्वीकार्दै विष्णुपुर गाउँपालिका तथा स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराएका थिए ।

Hot Topics

Related Articles