Thursday, April 18, 2024

विभिन्न मुद्धा लागेर फरार रहेका दुई प्रतिवादी प्रहरीद्धारा पक्राउ

सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विभिन्न मुद्धा लागेर फरार रहेको प्रतिवादी पक्राउ गरेको छ । जबरजस्ती करणी र नकबजनी चोरीको मुद्धा लागेर हाल फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभएको हो ।

जबरजस्ति करणी उद्योग मुद्धामा जिल्ला अदालत सिन्धुलीबाट २०७५ भदौ २० गते को फैसलाले एक महिना कैद तोकेकोमा हाल फरार रहेका दुधौली नगरपालिका वडा नम्बर ५ सिर्थौली बस्ने कपिल परियारको छोरा १८ वर्षिय विसाल परियारलाई आज पक्राउ गरिएको हो । फरार रहेका परियारलाई ईलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी टोलीले खोेजतलासको क्रममा आज फेला पारेको हो । पक्राउ परेका परियारलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत सिन्धुली पठाईएको प्रवक्ता लामाले बताउनुभयो ।

यस्तै, नकबजनी चोरीको मुद्धा लागेर फरार रहेका कमलामाई नगरपालिका ६ धुराबजार बस्ने गंगा बहादुर सुनुवारका छोरा २५ वर्षिय मिलन सुनुवारलाई पक्राउ गरिएको छ । पक्राउ परेका सुनुवारलाई जिल्ला अदालत सिन्धुलीबाट २०७३ माघ २५ गते लगत नम्बर १०१५ ले एक महिना कैद र २४ हजार ५ सय जरिवान तोकेकोमा हाल फरार रहेका थिए । उक्त प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले कमलामाई नगरपालिका ६ धुरा बजार स्थित बाटोमा हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक लामाले जानकारी दिनुभयो । उक्त प्रतिवादीलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत सिन्धुलीमा बुझाएको प्रवक्ता लामाले बताउनुभयो ।

spot_img

Hot Topics

Related Articles