Saturday, February 15, 2025

वडा अध्यक्ष बाख्रा पालन बाट आम्दानी लिदै

घ्याङ्लेख गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण बहादुर थिङले बाख्रा फर्म नै खोलेर आफ्नो दैनिकि कटाउदै हुनुहुन्छ । कार्यालयको समयमा कार्यालयको काममा लागि परेपनि फुर्सदको समय बाख्रा पालनमा लगाएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष थिङले २ वर्ष देखि पिपलटोल पशुपंक्षी तथा पशुपालन फर्म दर्ता गरेर फर्म संचालन गरिरहनुभएको छ । उहाँका अनुसार उक्त फर्ममा अहिले लगभग ३०÷३२ वटा बाख्रा तथा खसि बोका रहेका छन् । पहिले आफ्नै घरमा रहेको ३÷४ वटा बाख्राबाट सुरु गरेको र राम्रै आम्दानी हुने भएपछि व्यवसायीक रुपमै बाख्रा पालन गर्न फर्म दर्ता गरेको उहाँ बताउनुहुन्छ ।

अघिल्लो वर्ष लकडाउनले गर्दा भनेजती आम्दानी लिन नसको तर यो वर्ष भने लगभग ७० हजार बढी आम्दानी आफुले लिईसकेको अध्यक्ष थिङले बताउनुभयो । यस वर्ष भने लकडाउनमा उहाँको फर्ममा भएको खसि गाउँमै विक्रि भएको छ । गाउँले हरुले गाउँमै खसि काटेर मासु खाएपछि आफ्नो फर्मको खसि सजिले विक्रि भएको उहाँले बताउनुभयो ।

पिपलटोल पशुपंक्षी तथा पशुपालन फर्म दर्ता गरेर फर्म संचालन गरिरहँदा तेस्तो कुनै समस्या नभएको फर्म संचालक थिङ बताउनुहुन्छ । वर्षाको समयमा भने बाख्राले चिसो घास नखानेहुँदा दिनहुँ झरि पर्दा मात्रै घास खुवान समस्या हुने गरेको र दानाको रुपमा आफ्नै खेत बारीमा फलाएको मकै खुवाउने हुदाँ पनि दानामा समस्या नरहेको उहाँले बताउनुभयो ।

आफु यो व्यवसायबाट सन्तुष्ट रहेको र आफुहरुले गाउँठाउँमा रहेर कार्यालयको कार्मचारि अर्थात जनप्रतिनिधि हुदैमा अरु काम गर्नै नहुने भन्ने प्रविधिलाई अन्त्य गर्न पनि आफु यो व्यवसायमा लागि परेको उहाँले बताउनुभयो ।

spot_img

Hot Topics

Related Articles