Thursday, April 18, 2024

लकडाउनमा खुलेको पोखरा – तस्बिरसहित

पर्यटकीय नगरी पोखरामा कयौं पटक पुगेको छ। तर पछिल्लो यात्रा मेरो लागि यादगार र अविस्मरणीय रह्यो। पेशाले म रेडिमेड कपडा ब्यवसायी। कोभिडका कारण मेरोसँगै अधिकांश व्यवसाय  स्थिर छ।

पेशाले ब्यवसायी भए पनि मौका मिल्नासाथ नयाँ नयाँ ठाउँको यात्रामा हिँडिहाल्छु। कोभिड अगाडि वर्षमा कम्तिमा २-३ पटक उपत्यका बाहिर जाने म कोभिडसँगै बाहिर जान पाइनँ। सोचे अनुसार यात्रा गर्ने मौका पनि मिलिरहेको थिएन। अहिले पनि ब्यवसाय सोचे अनुरूप चलेको छैन। यद्यपी आगामी दिनका लागि भनेर केही कामहरू गरिरहेको छु।

यसअघिका यात्रामा प्रायजसो सँगै यात्रा गरिरहने दाजु जगनाथ गिरीले एक्कासी पोखरा जाउँ भन्नुभयो। म पनि बाहिर निस्कन पाइरहेको थिइनँ, फेरि मौका पनि मिलेको थिएन। त्यसैले हामी पोखरातरि लाग्यौं। 

विगतमा पनि समयले मिल्यो कि दाजुभाइ पोखरा जाने गरेका थियौं। विगतमा हामी पोखरा गएर लेकसाईडमा बास बस्ने गरेका थियौं। तर यो पटक भने हामी बास बस्न सराङकोट जाने तयारीमा थियौं। 

हुन त यो पटक पोखरा विगतको भन्दा निकै फरक रहेका थियो। विगतमा भिड हुने पोखरा यो पटक लगभन शुन्य जस्तै थियो। अधिकांश होटल बन्द थिए। सडक सुनसान थियो। 

जब सराङकोटमा बास बसेर बिहानपख हिमाल देख्दा यति आनन्द आयो कि जुन मैले शब्दमै ब्याख्या गर्न सक्दिनँ।

हामी पोखरा पुग्नु र हिमाल खुल्नु सायद एकै समय भएर होला उत्तरतिरको माछापुछ्रेलगायतका हिमशृंखलाको लर्कन हेरिरहूँझै थियो। होटलका कर्मचारले पनि निकै दिनपछि आजै हो हिमाल खुलेको भन्दै थिए।

जब हामी पोखराको सराङकोटमा रात बितायौं, ब्यवसायीक तनाव एवं शारीरिक तनाव सबै विर्सियौं। 

सराङकोटमा सूर्य उदाएको दृश्य हेर्ने मानिसको भिड हुन्थ्यो। तर कोभिड लहरसँगै पोखराबाट हिमाल हेर्ने र सूर्योदयको दृश्य हेर्नेको संख्या शुन्य छ। विगतको समयमा सराङकोटकमा प्यारगलाईडिङ गर्नेको भिड हुन्थ्यो। साथै घुम्न आउनेहरुले भरीभराउ हुने गर्दथियो यो पटक होटलहरु पनी सुनसान रहेका थिए । 

पर्यटकीय नगरी पोखरा आन्तरीक तथा बाह्य पर्यटकका लागि सबैभन्दा आकर्षक गन्तव्य हो। विदाको समय मात्र नभएर फ्रेस हुन पोखरा भ्रमणमा जाने नेपाली प्रशस्त छन्।

प्राकृतिक सुन्दरताले भरीपूर्ण मात्र नभएर सुविधा सम्पन्न भएकाले पोखरा पर्यटकको रोजाईमा पर्नेगर्छ। 

एकै ठाउँबाट हिमाल, ताल, गुफा, मन्दिरलगाएत साहसिक खेलले भरीपूर्ण आनन्द लिने भएकाले अधिकांशको प्रमुख रोजाईमा  पोखरा पर्नेगर्छ।

पोखरामा घुम्नका लागि डेभिड फल्स, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, चमेरी गुफा, बेगनाश ताललगायतका मनमोहक ठाउँ रहेका छन् सराङकोट यहाँको अर्को आकर्षण हो। सराङकोटबाट पोखरा सहर, फेवाताल, सेता हिमालको लर्कनलगायतले मोहित बनाउँछ।

पछिल्लो समय पोखरा साहसिक खेलको गन्तव्यका रूपमा विकास भएको छ। सराङकोटबाट प्याराग्लाइडिङ र जिप फ्लायर गर्नुको मज्जा बेग्लै छ। त्यस्तै, अल्ट्रालाइट उडान पनि पोखरामा गर्न पाइन्छ। पछिल्लो समय पोखरामा बञ्जीसमेत सञ्चालनमा आएको छ।

spot_img

Hot Topics

Related Articles