Thursday, April 18, 2024

रिलिफ नेपाल र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा निमार्ण सम्पन्न किशोरी तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण

तीनपाटन गाउँपालिका वडा नम्बर ८ बाहुनतिल्पुङको श्री बोङ्कटेश्वर माध्यामिक विद्यालयमा निर्माण गरिएको किशोरी तथा अपाङ्गमैत्री शौचालय निर्माण सम्पन्न गरि विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
श्री बोङ्कटेश्वर माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिस्नु प्रसाद काफ्लेको अध्यक्षता तथा तीनपाटन गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रेखराज अधिकारीको प्रमुख आथित्यतामा आज एक कार्यक्रमका विच शौचालय विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।
सिंगापुरको आर्थिक सहयोगमा रिलिफ नेपाल सिन्धुली र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित किशोरी परियोजना अन्तर्गत तीनपाटन गाउँपालिका वडा नम्बर ८ संगको समन्वयमा श्री बोङ्कटेश्वर माध्यामिक विद्यालयमा २ कोठे किशोरी तथा अपाङ्गमैत्री शौचालय निर्माण सम्पन्न गरिएको हो ।
रिलिफ नेपालको दश लाख १८ हजार लागतमा २०७७ फागुन २० गते निर्माण कार्य सुरु गरिएकोमा २०७८ असार ११ गते शौचालय निर्माण सम्पन्न भएको थियो ।

spot_img

Hot Topics

Related Articles