Friday, January 16, 2026

राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको आज दुधौली नगरपालिका वडा नं १ मा वडा भेला सम्पन्न, नबराज पहाडीको अध्यक्षमा १२५ सदस्यीय वडा कमिटि गठन

राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको आज दुधौली नगरपालिका वडा नं १ मा वडा भेला सम्पन्न भएको छ ।


भेलाले नबराज पहाडीको अध्यक्षमा १२५ सदस्यीय वडा कमिटि गठन गरेको छ । नेकपा एमालेका केन्द्रिय सदस्य एवंम जिल्ला ईन्चार्ज विसमलाल अधिकारीको प्रमुख आथित्यता सम्पन्न भेलामा राष्ट्रिय युवा संघ नेपाल सिन्धुली जिल्ला कमिटि संम्योजक देवराज वाईबा, नेकपा एमाले प्रदेश कमिटि सदस्य डम्बर कार्की, हेम बहादुर लामा ,नेकपा एमाले दुधौली नगर कमिटि अध्यक्ष लक्ष्मन कार्की, जिल्ला कमिटी सदस्य शंकर बर्मा, तिर्थ बराल, युवा नेता तथा वडा अध्यक्ष रितेश राउत, राष्ट्रिय खेलकुद महासंघ जिल्ला सचिब मिलन मोक्तान, युवा नेता राजु चौलागाई, राष्ट्रिय युवा संघका जिल्ला नेता एवम् नेकपा एमालेका स्थानीय युवा नेता कार्यकताको उपस्थीती रहेको थियो ।


नब निर्वाचीत कमिटिलाई प्रमुख अतिथि, विशिष्ट अतिथि लगाएत अतिथिहरुले सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

Hot Topics

Related Articles