Sunday, December 7, 2025

मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने १० अर्ब रुपैयाँको परियोजना अलपत्र

काठमाण्डाै – पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग अर्थात् अप्टिकल फाइबर बिछ्याउने परियोजना अलपत्र परेको छ ।

ग्रामीण दूरसञ्चार कोषको नौ अर्ब ८९ करोड १७ लाख रुपैयाँ खर्च हुने यो परियोजनाको काम दुई वर्षअघि नै सम्पन्न भइसक्नु पर्नेमा अहिलेसम्म तीन वटा प्रदेशमा मात्रै काम सुरु भएको छ, चार वटामा सुरु नै हुन सकेको छैन ।

नेपाल टेलिकमले जिम्मा पाएको प्याकेज एक अन्तर्गत प्रदेश एक, प्रदेश दुई र वाग्मती प्रदेशमा दुई हजार एक सय ७९ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउनुपर्नेमा जम्मा एक हजार ६ किलोमिटर क्षेत्रमा काम सकिएको छ ।

दोस्रो प्याकेज अन्तर्गत गण्डकी र लुम्बिनीको दुई हजार एक सय ६० किलोमिटर क्षेत्रमध्ये काम नै भएको छैन । यो प्याकेजको काम गर्ने जिम्मा पाएको युनाइटेड टेलिकम लिमटेड (यूटीएल) को सर्वोच्चमा मुद्दा रहेकाले काम नै सुरु नभएको हो ।

यस्तै तेस्रो प्याकेज अन्तर्गत कर्णाली र सुदूरपश्चिममा एक हजार नौ सय ९२ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउनका लागि बल्ल ठेक्काको काम अघि बढाइएको छ । परियोजनाको नौ अर्ब ८९ करोड १७ लाख रुपैयाँमध्ये अहिलेसम्म एक अर्ब १४ करोड ४५ लाख रुपैयाँ खर्च भएको छ

Hot Topics

Related Articles