बागमती प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले हालसम्म नगरपालिकामा अव्यवस्थीत ऐलानी जग्गा नापी सम्बन्धि प्रगती बारे जानकारी लिनुभएको छ ।
आज कमलामाई नगरपालिका अव्यवस्थित भूमि व्यवस्था समितिका संयोजक देवराज पौडेलको अध्यक्षता तथा बागमती प्रदेशका भुमी ब्यबस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बागमती प्रदेशका भुमी ब्यबस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले हालसम्म कमलामाई नगरपालिकामा अव्यवस्थित ऐलानी जग्गा नापी सम्बन्धि प्रगति बारे जानकारी लिनुभएको हो ।
बागमती प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री लामाले संघीय आयोग खारेज भएपनि प्रदेश र स्थानीय तहबाट काम नरोकी कामलाई अगाडि बढाउन निर्देशन दिनु भयो ।
कार्यक्रममा अव्यवस्थित ऐलानी जग्गा नापी सम्बन्धि जानकारी कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देबकोटाले गराउनु भएको थियो । उहाँका अनुसार हाल सम्म १ सय ३७ वटा ऐलानी जग्गा नापि भएको र ८० वटा ऐलानी जग्गा नापी हुन बाकी रहेको छ ।
साथै उहाँले नगरपालिकामा परेका नापी सम्बन्धि समस्या र आयोगको खारेजी पछि प्रदेशको भुमिका जानकारी राख्नु भएको थियो ।