Tuesday, April 16, 2024

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

सिन्धुलीमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चेक प्वाइन्टमा खटिएको प्रहरी जवान लखन प्रसादलाई पाँच सय दिन खोज्ने र प्रहरी जवान प्रमोद कुमार लोहारलाई एक सय रुपैया दिन खोज्नेलाई पक्राउ गरिएको हो ।
कमलामाई नगरपालिका ६ माझिटार स्थित प्रहरी चेक प्वाइन्टमा खटिएको प्रहरी जवान लखन प्रसाद यादबलाई काठमाण्डौबाट कटारी तर्फ जादै गरेको बा।३ ख।७४६८ नम्बरको बस टाइम कार्ड अगाडि आएको कारण ट्राफिक कारबाही गर्न खोज्दा बसका सहचालक उदयपुर कटारी नगरपालिका २ बस्ने बर्ष २० को पदम लगुनले पाँच सय रुपैया दिन खोजेका थिए । सहचालक लखनलाई नियन्त्रणमा लिई आबश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । यस्तै गोलन्जोर गाउँपालिका ७ खुर्कोट चेक प्वाईन्टमा खटिएको प्रहरी जवान प्रमोद कुमार लोहारलाई काठमाण्डौ तर्फ जादै गरेका बा ४ ख ३०७८ नं। हाईस टाइम कार्ड अगाडि आएको कारण ट्राफिक कारबाही गर्न खोज्दा हाईसका सहचालक महोत्तरी बर्दिबास न।पा। १० बस्ने वर्ष १९ को सुनिल साहले एक सय रुपैया दिन खोजेका थिए । आर्थिक प्रलोभन पार्न खोजेकोले गाडी, गाडी चालक र सह–चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्ष मनोज कुमार लामाले बताउनुभयो ।

spot_img

Hot Topics

Related Articles