Tuesday, January 21, 2025

पहिरोले खानेपानीको पाईप बगायो, स्थानिय समस्यामा

सिन्धुली – कमलामाई नगरपालिका ४ नेवानी खहरेको पहिरोले खानेपानीको पाइप बगाएसँगै स्थानियलाई पानीको समस्या भएको छ । नेवानी खहरेको खानेपानी मुहान नजिकैको पाइप पहिरोले बगाएपछि धाराभञ्ज्याङ, देउराली, जामुनटार लगाएतका लगभग १ सय घरपरिवारलाई खानेपानीको समस्या भएको हो ।
खानेपानीको पाइप पहिरोले बगाएको कारण १ महिना देखि आधा घण्टाको बाटो हिडेर पानी ल्यानु परेकोे स्थानियले गुनासो गरेका छन् । वर्षाको समयमा बाढीले पाइप बगाउँदा आधा घण्टा हिडेर पानी लिन जानु पर्ने स्थानिय मन कुमारी लामिछानेले बताउनुभयो । पानी नहुदाँ नुहाउन, लुगाधुन, बस्तुभाउलाई खुवाउन समस्या परेको उहाँले बताउनुभयो ।
नेवारी खहरे खानेपानी उपभोक्ता समिति व्यवस्थित नभएकाले यस्तो समस्या भएको स्थानिय श्याम लामिछानेले बताउनुभयो । अहिले समिति नै अध्यक्ष विहिन भएकाले समस्या समाधानको लागि केहि पहल हुन नसकेको उहाँको भनाइ छ । साथै उहाँले स्थानिय सबै मिलेर नगरपालिकामा खानेपानीको पहलका लागि जाने तयारी भएको बताउनुभयो ।
यता कमलामाई नगरपालिका ४ का वडा अध्यक्ष महेन्द्र ढकालले भने स्थानियले आफुलाइ जानकारी नगराएको बताउनुभयो । उहाँले क्षेती भएको विवरण सहित निवेदन लिएर वडा कार्यालय आउन स्थानियलाई अनुरोध गर्नु भयो ।

spot_img

Hot Topics

Related Articles