Tuesday, April 16, 2024

नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघ सिन्धुलीको दोश्रो जिल्ला भेला आज सिन्धुलीमाढिमा सम्पन्न

नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघ सिन्धुलीको दोश्रो जिल्ला भेला आज सिन्धुलीमाढिमा सम्पन्न भएको छ । नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघको आह्वान, तीव्र गतिमा राष्ट्र निर्माणको हाम्रो अभियान भन्ने मुल नाराको साथमा नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघ जिल्ला समिति सिन्धुलीको आयोजनामा कार्यक्रम भएको हो ।


नेपाल हेभी इक्वीपमेन्ट अपरेटर महासंघका केन्द्रिय सदस्य तथा बागमती प्रदेशका संयोजक भुवन कुमार रम्तेलको अध्यक्षता तथा नेपाल हेभी इक्वीपमेन्ट अपरेटर महासंघका केन्द्रीय अध्यक्ष सन्तोष कुमार श्रेष्ठको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल हेभी इक्वीपमेन्ट अपरेटर महासंघका केन्द्रीय अध्यक्ष सन्तोष कुमार श्रेष्ठले दिप प्रज्ज्वलन गरेर गर्नु भएको थियो ।


नेपाल हेभी ईक्वीपमेन्ट अपरेटर महासंघमा आवद्ध रहेका अपरेटरले मात्र नभई सम्पुर्ण अपरेटरहरुले देशको मेरुदण्डको रुपमा रहेर भुमिका निर्वाह गरिरहेको नेपाल हेभी इक्वीपमेन्ट अपरेटर महासंघका केन्द्रीय अध्यक्ष सन्तोष कुमार श्रेष्ठले बताउनु भयो । साथै उहाँले नेपाल हेभी ईक्वीपमेन्ट अपरेटर महासंघले सम्पुर्ण हेभी अपरेटरहरुको समस्या समाधान गर्नका लागि र यस संघ लाई अझै बलियो र ससक्त रुपमा स्थापित गराईराख्न उपस्थित सम्पुर्ण अपरेटरहरुलाई संघमा आवद्ध हुन अनुरोध गर्नुभएको छ । सिन्धुलीका अपरेटरहरुको दुर्घटना विमा प्रभु इन्स्युरेन्समा गरिने पनि जानकारी दिनुभएको छ ।


कार्यक्रममा नेकपा एमाले सिन्धुलीका सचिवालय सदस्य तथा नेपाल हेवि इक्वीपमेन्ट अपरेटर महासंघका कानुनि सल्लाहकार नारायण बराल, नेपाल हेवि इक्वीपमेन्ट अपरेटर महासंघका वरिष्ठ उपाध्यक्ष राम कुमार तामाङ्, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला सम्योजक देबराज वाईबा, रेडियो सिन्धुलीगढिका प्रबन्धक जिवि श्रेष्ठ,प्रभु इन्स्युरेन्स सिन्धुली शाखाका प्रमुख सुदर्शन शाहि, नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघ सिन्धुलीका विभिन्न पदाधिकारी तथा जिल्लाका नौ वटै स्थानिय तहका हेभी अपरेटरहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन सन्चारकर्मी विमा लुङगेली मगरले गर्नुभएको थियो ।

यस्तै, आज भएको नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघ सिन्धुलीको दोश्रो जिल्ला भेलाले तारा चन्द्र देवकोटाको अध्यक्षतामा नौ सदस्यीय कार्य समित चयन गरेको छ । उपाध्यक्षमा दान बहादुर भुजेल, कोषाध्यक्ष निर्मल रुवाले, सुवर्ण श्रेष्ठ सचिब , अनिल कार्की सह सचिब ,सदस्यहरुमा केदार दाहाल, किसोर थापा, टिका मगर र सुवास बुढाथोकी रहेका छन् । त्यस्तै विभागिय समितिमा स्काईभेटर विभागको अध्यक्षमा दिपक श्रेष्ठ, ब्याकहोलोडर विभागको अध्यक्षमा बसन्त गुर्मछान र क्रेन विभागमा अध्यक्ष अरुन श्रेष्ठ रहनु भएको छ । नयाँ गठन भएको कार्यसमितिलाई नेपाल हेभी इक्वीपमेन्ट अपरेटर महासंघका केन्द्रीय अध्यक्ष सन्तोष कुमार श्रेष्ठले बधाई तथा शुभकामना ब्यक्त गर्नु भयो ।

spot_img

Hot Topics

Related Articles