सिन्धुली – तिनपाटन गाउँपालिकामा बाल संरक्षण प्रणाली नक्साङ्कन तथा विश्लेषण प्रतिवेदन कार्यक्रम सम्पन्न भएको छ । वल्ड भिजन नेपालको साझेदारीमा रिलिफ नेपालद्धारा संचालित बाल स्पोन्सरसिप परियोजना अन्र्तगत सोमबार तिनपाटन गाउँपालिका ११ चकमकेमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा तिपाटन गाउँपालिका भित्रका बालबालिकाको प्रमुख समस्या, त्यसका कारण र समाधानका बारे सरोकारवाला निकाय सँग छलफल भएको थियो । बाल स्पोन्सरसिप परियोजनाले तिनपाटन गाउँपालिका भित्रका बालबालिकाको समस्या, कारण र समाधान लगाएत केकस्ता पहल भएको छ भनी अध्ययन गरेको थियो । उक्त अध्ययन प्रदिवेदन सरोकारवाला निकाय जानकारी गराई थप सँग छलफल भएको हो ।
गाउँपालिका भित्र बालबालिकाको प्रमुख समस्या बालविवाह, बालश्रम, बालहिसां, लैङ्गि तथा जातिय छुवाछुत र बालमैत्री शिक्षाको अभाव लगाएतको समस्या रहेको परियोजनको प्रतिवेदमा थियो । साथै उपस्थिति जनप्रतिनिधि, शिक्षक लगाएत बालक्बलले पनि गाउँपालिका भित्र बालबालिकाको उक्त समस्या रहेको छलफलमा बताएका थिए । बालबालिकाको उक्त समस्याहरु बढ्दो संचारको दुरुपयोग, गरिबि, पारिवारिक समस्या, देखासिकीको कारण बढेको बालसंरक्षण परियोजनकाका सामाजिक परिचालक संगिता श्रेष्ठले बताउनुभयो ।
छलफलका क्रममा तिनपाटन गाउँपालिकाका उपाध्यक्ष पदममायाँ तामाङले बालबालिकाको समस्या समधानको लागि सचेताको कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो । पालिकाको बालबालिकाको उक्त समस्या समधानको विभिन्न कार्यक्रम गरिरहेको उहाँको भनाइ छ । पछिल्लो समय कोरोना संक्रमणको कारण कार्यक्रम गर्न नपाएको बताउनुभयो । बालशिक्षक विमल पोखरेलले उक्त समस्या समाधानका लागि बालबालिकाका आफै सचेत हुनु पर्ने बताउनु भएको थियो । उहाँका अनुसार उक्त समस्या समाधाका लागि जन्मदर्ता तथा विद्यालय भर्ना अभियान संचाल गर्नु पर्ने, अभिवावका संग छलफल, सडक नाटक तथा गोेष्ठी लगाएत सचेतनाको कार्यक्रम आयोजना गर्नु छलफल भएको थियो । आगामि दिनमा स्थानिय सरकारले योजना बनाउदाँ बालबालिकाको क्षेत्रमा उक्त विषय समेटिन्छ भन्ने उदेश्ले कार्यक्रम गरेको हो ।