Monday, March 24, 2025

जनै पुर्णिमाको दिन आज सिन्धुलीको मन्दिरमा भक्तजनहरुको भिड

जनै पुर्णिमाको दिन आज सिन्धुलीको मन्दिरमा भक्तजनहरुको भिड लागेको छ । मन्दिरहरुमा पुजा तथा दर्शनको लागि यस अघि जारी गरिएको निषेधाज्ञाबाट नै रोक लगाईएको थियो ।

आज हिन्दु धर्मावलम्बिहरुको विशेष पर्व जनै पुर्णिमा परेकाले मन्दिरहरुमा स्वास्थ्य मापदण्ड पुरा गरि दर्शन गर्नको लागि खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

जिल्लाको मुख्य मन्दिरहरुमा भक्तजनको धेरै भिड हुने भएकाले सुरक्षाकर्मी खटाएर भक्तजनको भिडलाई नियन्त्रण गरिएको छ । कमलामाई नगरपालिकाको कालिमाई मन्दिरमा आज भक्तजनहरुको धेरै भिड रहेको थियो । उक्त मन्दिरमा प्रहरी सुरक्षाकर्मि लाई खटाई भिड नियन्त्रण गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।

कोरोना भाईरसको नयाँ भेरियन्टको संक्रमण कायमै रहेकाले अझैपनि मन्दिरहरुमा भक्तजनहरुको उपस्थितिलाई सहज बनाउन समस्या भएको छ । भक्तजनहरु कोरोनाको जोखिम रहँदारहँदै पनि मन्दिर धाउने गरेको कारण जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार मन्दिरहरुमा जान रोक लागाईएको हो ।

जिल्लामा अझैपनि कोरोना भाईरस संक्रमित व्यक्ति दिनहुँ बढिरहेकाले सबै नागरिकलाई स्वास्थ्यको मापदण्ड अपनाउन र सुरक्षति भै हिड्न उहाँले अनुरोध गर्नुभएको छ । साथै भेला, जमघट, धेरै भिडभाड नगर्न र नजिकिदै गरेको चाडपर्वहरु घरमै रहेर मनाउन पनि प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले आग्रह गर्नुभएको छ ।

spot_img

Hot Topics

Related Articles