जिवन विमाको आवश्यकता र हाल जिवन विमाको अबस्थाको बारेमा एसियन लाईफ इन्स्युरेन्स सिन्धुली उपशाखाका प्रमुख डोर बहादुर थापा संग पालिका आवाजले गरेको कुराकानी
जिवन विमा भनेको के हो ?
जिवन विमा भनेको कुनै ब्यक्तिको सम्बन्धमा निजको आयुको आधारमा किस्ताबन्दी बुझाउने गरि कुनै खास रकम तिरेर र निश्चित समय अवधि करार सम्झौता गरेर गरिन्छ त्यसैलाई समग्रमा जिवन विमा भनेर बुझ्दा हुन्छ ।
आजको समयमा जिवन विमा कत्तिको आवश्यक छ ?
विमा यस्तो बस्तु हो त्यो बस्तु जुन छानो नभएको घर र विमा नगरेको परिवार उस्तै हुन्छ । किनकि विमाले कुनै पनि बेला थाहा नभएको दुर्घटनालाई सहयोग गर्दछ । हामीलाई जुन कुनै बेला समस्या पर्न सक्छ । त्यस बेला कुनै पनि भौतिक सामान जोड्दा कुनै घातक रोग लागेको अबस्थामा बेच्नु पर्ने अबस्था आउँछ तर विमा गराउँदा विमा पोलिसिले नै बेच्ने अबस्था आउँदैन । जुन सुरुको अबस्थामा परिवार छ समस्या पछि पनि त्यहि अबस्थामा परिवार रहन सक्छ । त्यस कारण पनि आजको समयमा जिवन विमा अनिवार्य छ ।
तपाई एसियन लाईफ सिन्धुली उपशाखाको प्रमुख हुनुहुन्छ , सिन्धुलीमा जिवन विमा गराउन कत्तिको सहज छ ?
जिवन विमा गराउन कुनै पनि कम्पनीलाई सहज छैन । किनकी पहिलो अबस्था भन्नु पर्दा अभिकर्ता र कर्मचारीको कमजोरी भन्न चाहान्छु । किनभने एउटा घर निर्माण गर्न इन्जीनियरको कति महत्व छ त्यतिनै महत्व अभिकर्ता र कर्मचारीको भुमिका हुन्छ । जुन ब्यक्तिलाई विमा गराईन्छ कति पय अभिकर्ता र कर्मचारी विमा ऐन नबुझेकाहरुले कम्पनी संग नभएको सुविधा लोभ देखाएर पनि विमा गर्ने गरेको पाईन्छ । यस्ता नकरात्मक सोचाईले गर्दा विमा गराउन अलि असहज भएको पाईन्छ ।
सिन्धुली कै कुरा गरौँ , विमा कम्पनीहरु धेरै आए यसले गर्दा अस्वश्थ प्रतिश्पर्धा भयो भन्छन् । विमा गराउन कर्मचारी, अभिकर्ता भए न भएको कुरा गरेर विमा पोलीसी तान्छ भन्छन् नी ?
अहिले तपाईले वास्तबमै सहि प्रश्न गर्नु भयो यो सिन्धुलीको मात्र समस्या हैन नेपाल भरिकै समस्या हो । म के भन्छु भने विमा समितीको कमजोरी छ । किनकि जति विमा कम्पनी छ ती सबैमा एकरुपता ल्याउन जरुरी देख्दछु । तब मात्र यो समस्याको समाधान हुने देखिन्छ । यस्तो समस्याले गर्दा विमा बजारमा नराम्रो असर परेको देखिन्छ ।
हाल तपाई आबद्ध हुनु भएको विमा कम्पनीमा विमा योजनाहरु कस्ता छन् ?
एसियन लाईफ कम्पनीमा भन्ने हो भने अहिले सम्म २३ वटा विमा योजनाहरु छन् । यी मध्ये हाम्रो कम्पनीमा ८ वटा जति योजना धेरै मात्रामा विक्री भएको छ । बाल भविष्य बचतका लागि र १६ वर्ष माथिका ब्यक्तिका लागि , दाम्पत्य विमा आजिवन , बार्षिक धन फिर्ता , पेन्सन , फिस प्रीमियम जस्ता योजनाहरु छन् ।
यी योजनाहरु मध्ये सब भन्दा बढि विमा कुन योजना हुने गरेको छ र किन ?
यी योजना मध्ये सब भन्दा बच्चाहरुको लागि बाल भविष्य, सावधिक, दाम्पत्य प्स ,आजिवन, वार्षिक धन फिर्ता र पेन्सन धेरै मात्रामा विक्री भएको छ ।
जिवन विमा गरे बापत विमितले पाउने सुविधा कस्तो छ ?
विमितले जिवन विमा गरेबापत सबै योजनामा एउटै किसिमको सुविधा पाउँदैनन् । किनकी हामीले पसलमा सामान किन्दा जुन सुकै सामानको काम एउटै हुदैन त्यस्तै हो यसमा पनि । विशेष गरि दुर्घटना , सुविधा, अपाङगताका सुविधा, घातक रोग , मासिक भक्ताको सुविधा र ऋणको सुविधा पाईन्छ ।
अभिकर्ता भएर काम गर्दा पाउने सुविधा पनि बताईदिनुस् न ?
अभिकर्ताको सुविधाको बारेमा भन्नु पर्दा पहिला २०७८ बैशाख भन्दा अगाडि घर, गाडिको पनि सुविधा थियो । अहिले विमा समितीले यी सब बन्द गरेको हुनाले काम गर्ने क्रममा कमिस , तलब भक्ता र विमा जस्ता सुविधा कम्पनीले प्रदान गर्दछ ।
विमा रकम भुक्तानी लिन जाँदा धेरै झन्झट हुन्छ भन्छन् नि ?
यो प्रश्न कुन प्रसंगमा गर्नु भयो विमा भुक्तानी लिने भनेको दुई वटा अबस्थामा बुझिन्छ । जुन एउटा अबधि सकिय पछि र अर्को क्लेयम पर्दा । अबधि पुरा भएको अबस्थामा अहिले अनलाईनबाट घरैमा बसेर पनि भुक्तिानी लिन सकिन्छ । कार्यालयमा आउँदा २४ घण्टा भित्र विमितको खातामा जम्मा गर्न सकिन्छ । क्लेयमको अबस्थामा चाहि अलि समय लाग्छ । किनकी सबै कागजाहरु मिलाएर मात्र कम्पनीले पेमेन्ट गर्छ । त्यस कारणले केहि समय लाग्न सक्छ ।
जिवन विमा गर्नु पर्छ भन्ने कुरा समाजमा कत्तिको बुझेको पाउनु भएको छ ?
विमा गर्नु पर्छ भन्ने गाउँ ठाउँमा २० प्रतिशत बुझेको पाएको छु । कत्ति ठाउँमा विमा भन्ने कुरा थाहा नभएको नि भेटेको छु ।
अन्त्यमा जिवन विमाको बारेमा केहि छ भन्नु ?
जिवन विमालाई एक रुपता ल्याउन नियमन निकायबाट एक रुपता नभए सम्म यो क्षेत्र राम्रो हुन सक्दैन । विमा भनेको केहो भन्ने कुरा बुझाउन नसक्दा अभिकर्ताहरुले विमा गराउन नसकेको अबस्था छ । अभिकर्ता पेशालाई कुनै मापदण्ड र सङख्या कोटा निर्धारण गरि लाईसेन्स दिने हो भने यो पेशा राम्रो र ब्यवस्थीत हुन्छ भन्न चाहान्छु ।