Thursday, May 30, 2024

घ्याङ्लेख गाउँपालिका र शुनकोसी गाउँपालिकाको सिमाना स्थीत चन्द्र नारायण थान मन्दिरमा लाग्ने मेला स्थगित

सिन्धुली – चन्द्र नारायणथान मन्दिरमा लाग्ने मेला स्थगित गरिएको छ । घ्याङ्लेख गाउँपालिका र शुनकोसी गाउँपालिकाको सिमाना सातदोबाटो स्थित चन्द्र नारायणथान मन्दिरमा जनै पुर्णिमा अर्थात भोली लाग्ने मेला स्थगित गरिएको हो ।
हरेक वर्ष जनै पुर्णिमाको दिन लाग्ने मेला यस वर्ष कोरोना भाईरसको संक्रमण कायमै रहेकाले मेला स्थगित गरिएको चन्द्र नारायणथान मन्दिर संरक्षण समितिले एक सुचना मार्फत जानकारी गराएको हो ।
अघिल्लो वर्षहरुमा जनै पुर्णिमाको दिन पुजा तथा मन्दिरमा दर्शन गर्ने भक्तजनहरुको भिड हुने र टाढा टाढा बाट पनि मेला हेर्न आउनेहरुको यस मन्दिरमा भिडभाड हुनेगरेको थियो । तर भोलि कुनै पुजा तथा मन्दिरको दर्शन गर्ने भक्तजनलाई उपस्थित नहुन सुचना गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष नवराज सुनुवारले बताउनुभयो ।

spot_img

Hot Topics

Related Articles