सिन्धुलीको कमलामाई नगरपालिका २, ४ र ७ हुदै गोलन्जोर गाउँपालिका ५ जोड्ने सडक निर्माणको लागि उपभोक्ता समिति गठन गरिएको छ । चियाबारी, केवरे, चुनेटार, केराबारी हुदै बासकटेरी सम्मको बाटो स्तर उन्नती गर्नको लागि ७ सदस्यीय उपभोक्ता समिति गठन गरिएको हो । बाटो निर्माण उपभोक्ता समितिको अध्यक्षमा छत्र बहादुर ठाडा मगर, सचिवमा मिना खत्री, कोषाध्यक्षमा हरि बहादुर थापा र सदस्यहरुमा चेत बहादुर श्रेष्ठ, ध्यान बहादुर लो, धर्म बहादुर बुढाथोकी, मन्जु मोक्तान रहनुभएको छ ।
सोमबार भएको छलफलले १५ दिन भित्र चियाबारी देखि बासकटेरी सम्मको बाटो निर्माण क्षेत्रमा पर्ने जग्गा वालाहरुको नामावली संकलन गरिने निर्णय भएको छ । उक्त सडक निर्माण तथा स्तरउन्नती गर्नको लागि कमलामाई नगरपालिका सिन्धुली र प्रदेश सरकारले २ करोड बजेट बिनियोजन गरेको छ । चियाबारी देखि बासकटेरी हुदै गोलन्जोर गाउँपालिका ५ सम्म पर्ने उक्त सडकलाई बैकल्पीक राजमार्गको रुपमा बिकास गरिने जनाइएको छ ।
उक्त छलफल कार्यक्रममा कमलामाई नगरपालिका ४ का वडा अध्यक्ष महेन्द्र ढकाल, वडा नं. २ का अध्यक्ष नवराज थिङ, जिल्ला समन्वय समितिका सदस्य सन्तोष बुढाथोकी, लक्ष्मण कुमार बस्नेत, हिमाल बि.क., राजेश थापा र टिका जंग थापाको उपस्थिती रहेको थियो ।