Friday, April 25, 2025

कमलामाई नगरपालिकाको समन्वयमा परियोजना परिचयात्मक तथा समीक्षा कार्यक्रम सम्पन्न

सिन्धुली – कमलामाई नगरपालिकामा परियोजना परिचयात्मक कार्यक्रम तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । हेण्ड्स नेपालको आयोजना तथा सभेदारी सस्था प्लान ईन्टर नेशनल र कमलामाई नगरपालिकाको समन्वयनमा सिकाई लैङ्गिक रुपान्तरणमुखी समावेसी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्गत परियोजना परिचयात्मक कार्यक्रम तथा समीक्षा कार्यक्रम आज सम्पन्न भएको हो ।
हेण्ड्स नेपालले कमलामाई नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा बाल कक्षा देखि ३ कक्षा सम्म कक्षाकोठाको डेकुरेसन गर्ने कार्यक्रम रहेकाले उक्त कामको लागि परियोजना परिचयात्मक कार्यक्रम गरिएको कमलामाई नगरपालिकाको शिक्षा अधिकृत शंकरराज लुईटेलले बताउनुभयो ।
यस्तै कार्यक्रममा उक्त विद्यालयहरुमा भिक्ते लेखन, पठनसिप विकास कार्य, खानेपानिको व्यवस्था, शौचालयको व्यवस्था, किशोरीहरुको लागि महिनावारी स्वस्च्छता सम्बन्धि कार्यक्रम तथा बाथरुम व्यवस्थापन गर्नको लागि नगरपालिका संग छलफल भएको छ ।
कार्यक्रममा कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत विसकसेन ढकाल, हेण्ड्स नेपालका पदाधिकारी, प्लान ईन्टर नेशनलका पदाधिकारी, नगरपालिका भित्रका विद्यालयका प्रधानाध्यापकहरु लगाएतको उपस्थिति रहेको थियो ।

spot_img

Hot Topics

Related Articles