Wednesday, March 26, 2025

कमलामाई नगरपालिकाको प्राविधिक कर्मचारीहरुको लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

कमलामाई नगरपालिकाको प्राविधिक कर्मचारीहरुको लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

चालु आर्थिक वर्ष २०७८-०७९ मा योजना संचालन तथा लागत अनुमान तयारी सम्बन्धि नगरपालिकाका सबै वडाका प्राविधिक कर्मचारीहरुलाई जानकारी गराउनको लागि कार्यक्रमको आयोजना गरिएको कमलामाई नगरपालिकाका सुचना अधिकारी निर्मल लामाले जनाकारी दिनुभयो ।

कमलामाई नगरपालिका नगरकार्यपालिकाको कार्यालय योजना तथा पूर्वाधार विकास शाखा सिन्धुलीको आयोजनामा कार्यक्रम भएको हो ।

रोजगार केन्द्र, वडा कार्यालयमा कार्यरत इन्जिनियर, सव इन्जिनियर, असिष्टेण्ट सव इन्जिनियरहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालको प्रमुख अथित्यतामा भएको थियो ।

spot_img

Hot Topics

Related Articles