Sunday, December 7, 2025

एमालेमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने प्रस्ताव

नेकपा एमाले स्थायी कमिटीको बैठकले पार्टीमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने गरी विधान संशोधनको प्रस्ताव गरेको छ।

आज बसेको स्थायी कमिटी बैठकले उक्त प्रस्ताव केन्द्रीय कमिटीमा पेश गर्ने निर्णय गरेको छ। आजै केन्द्रीय कमिटी बैठकमा उक्त प्रस्ताव छलफलका लागि पेश हुने एक स्थायी कमिटी सदस्यले बताए।

ुअब महाधिवेशनमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुन्छन्। बाँकी पद अध्यक्षले मनोनयन गर्ने हो,ती स्थायी कमिटी सदस्यले भने, ुयो प्रस्ताव केन्द्रीय कमिटीमा जान्छ। केन्द्रीय कमिटीको तर्फबाट विधान अधिवेशनमा पेश हुन्छ।

हालको विधानमा एमालेमा अध्यक्षसँगै ५ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव र ५ सचिव निर्वाचित हुने प्रावधान छ।

Hot Topics

Related Articles