Wednesday, March 26, 2025

आईपीओ आवदेन दिनेमा सानिमाको नयाँ रेकर्ड, १९ लाखको हात खाली हुने पक्का

काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिनेको संख्याले नयाँ रेकर्ड राखेको छ। धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा हालसम्मकै उच्च २४ लाख १९ हजार १२७ जना लगानीकर्ताले आवेदन दिँदा रेकर्ड कायम भएको हो ।

यसअघि युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा २१ लख ७२ हजार ८६८ जनाले आवेदन दिएका थिए। त्यसलाई तोड्दै सानिमाले नयाँ रेकर्ड बनाएको छ । सानिमा लाइफको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै भर पर्नुपर्नेछ। गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ। आइतबार अन्तिम दिनसम्ममा ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ। यसमा २४ लाख १९ हजार १२७ जना आवेदकबाट कुल ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

यस आधारमा सर्वसाधारणलाई बिक्री गरिएको ५४ लाख कित्तालाई आधार मान्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने छन्। १८ लाख ७९ हजार १२७ जना भने आईपीओ पाउनबाट बञ्चित हुनेछन्।

spot_img

Hot Topics

Related Articles