Saturday, November 1, 2025

भोलि बुधबार देखि भारी वर्षाको सम्भावना

एक सातादेखि लगातार परेको पानी सोमबार बिहानदेखि रोकिएको छ। मनसुनी प्रणाली निष्क्रिय बन्दै गएकाले सोमबार र मंगलबार सामान्य मात्र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

बुधबारदेखि भने पूर्वी नेपालदेखि मनसुनी चक्र सक्रिय भएर पश्चिमतर्फ बहने भएकाले बुधबार, बिहीबार र शुक्रबार ठूलो वर्षा हुने महाशाखाको भनाइ छ। तीन दिन भारी वर्षा हुने भएकाले नदीहरुमा पानीको बहाव बढी जोखिम हुनसक्ने जनाइएको छ।
जल तथा मौसम विज्ञान विभागको तथ्यांकमा मुख्य २० वटा मौसम स्टेशनबाट गरिएको मापनमा हालसम्म ३६।७ प्रतिशत वर्षा भइसकेको छ।
नेपालमा मनसुन अवधिभर ९जेठ–१७ देखि असोज १५ गतेसम्म० एक हजार ४०२ मिलिमिटर औसत वर्षा हुने गर्छ।

Hot Topics

Related Articles