Monday, March 24, 2025

स्थगित मध्यभोटेकोसीको आइपिओ आजदेखि पुनः खुल्ने

सिन्धुपाल्चोक जिल्लाबासीका लागि मध्यभोटेकोसीको आइपिओ बिक्री आजदेखि पुनः खुला गरिने भएको छ।

कोरोनाका बेलामा गरिएको निषेधाज्ञाका कारण खुलेको आइपिओको बिक्री बीचमै स्थगित भएको थियो।
अब छिटोमा १७ गते सम्म र ढिलोमा साउन ३२ गतेसम्म आवेदन दिन सकिनेछ। यस निष्काशनमा न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन पाइनेछ।
यस निष्काशनको लागि सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्र तोकिएको छ। उक्त स्थानहरुबाट दरखास्त फारम प्राप्त गर्न र दरखास्तसाथ रकम बुझाउन सकिने छ।

साथै नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सकिने छ।
सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन मध्यभोटेकोशी जलविद्युत आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं। १ र ५ ९साविक लिस्ती गाविस र साविक मार्मिङ गाविस०, बाह्रबिसे नगरपालिका वडा नं ५ र ६ ९साविक गाती गाविस० तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ ९साविक घुम्थाङ्ग गाविस र साविक मानेश्वरा गाविस० मा स्थायी बसोबास गर्ने बासिन्दा तथाआयोजनाबाट प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि आइपिओ खोलिएको हो।
जिल्लाबासीका लागि आइपिओ बाँडफाँड गरेपछि सर्वसाधारणका लागि पनि खुल्नेछ। आइपिओ बिक्री प्रवन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।
मध्य भोटेकोशी जलविद्युत कम्पनीले १०२ मेगावाट क्षमताको आयोजना बनाइरहेको छ। चिलिमे हाइड्रोपावरको सेयर संरचना सबभन्दा धेरै ३८ प्रतिशत तथा नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत सेयर संरचना कम्पनीमा छ।

spot_img

Hot Topics

Related Articles