Tuesday, November 18, 2025

सुनकोशी गाउँपालिकामा बाताबरणिय प्रभाव मुल्यांकन मस्यौदा प्रतिबेदन सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

सुनकोशी गाउँपालिकामा बाताबरणिय प्रभाव मुल्यांकन ई आइ ए को मस्यौदा प्रतिबेदन सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

सुनकोशी –२ जलविद्युत् आयोजना ९७८ मेगावाट को बाताबरणिय प्रभाव मुल्यांकन ई आइ ए को मस्यौदा प्रतिबेदन सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

विद्युत बिकाश बिभाग सानोगौचरर्ण काठमाडौको आयोजनामा भएको कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा स्थानिय जनताको चासो, गुनासो के छ अर्थात राय सल्लाह के छ भन्नेबारे छलफल भएको थियो ।

सुनकोसी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सन्तोष दाहालको अध्यक्षता तथा सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा वोहोरा दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, सुनकोशी गाउँपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु सुनकोशीका स्थानियहरुको उपस्तिथि रहेको थियोे ।

Hot Topics

Related Articles