Thursday, January 23, 2025

सिन्धुली कारागारमा क्षमता भन्दा वढी कैदी

सिन्धुली कारागारमा थुनुवाको चाप वढेको छ । कारागार निर्माणधीन अवस्थामा रहेकाले थुनुवा तथा कैदी को चाप देखिएको कारगार सिन्धुलीका प्रमुख मातृका पौडेलले बताउनुभयो । उहाँका अनुसार पुरानो कारागारको भवन भत्किाइ नयाँ कारगार निर्माण भइरहको छ । कारागारको तिनवटा भवन निर्माण हुनु पर्नेमा हाल एउटा मात्र भवन निर्माण सम्पन्न भएको छ । एउटै भवनमा सम्पूर्ण कैदी तथा थुनुवा राखिएकाले थुनुवा तथा कैदीको चाप वढेको देखिएको उहाँको भनाइ । कारगार सिन्धुलीमा अहिले जम्मा ५ सय २ जना कैदी÷थुनुवा रहको उहाँले बताउनुभयो । अहिले कैदी तथा थुनुवा राखिरहेको भवनको क्षमता २ सय ८ जना मात्रै राख्न सक्ने छ । भवन नभएकाले सिन्धुली कारागारका १० जना महिला कैदीबन्दिलाई भने छिमेकि जिल्ला रामेछाप कारागारमा सारिको उहाँले जानकारी दिनुभयो । हाल कारागारमो पुरुषमा मात्र कैदी तथा थुनुवा रहेका छन् ।

(न्यायिक निकायले कसुर ठहर गरी फैसला गरेअनुरुप सजाय काटी रहेका) कैदी पुरुष १ सय १८ रहेका छन् । यस्तै पुर्पक्ष थुनुवा पुरुषको संख्या ३ सय ८४ जना रहेको कागारका प्रमुख पौडेलले बताउनुभयो ।

धनुषा र र्सलाहीका कैदिबन्दी सिन्धुली कारगारमा राख्नु परेकाले कैदीको चाप वढेको पौडेलको भनाइ छ । निर्माणधीन अवस्थामा रहेको कारागारमा दैनिक कैदी तथा थुनुवाको संख्या वढ्दै गएकाले व्यवस्थापन गर्न समस्या भएको पौडेलले बताउनुभयो । कारागारको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेकाले उक्त समस्याको समाधान छिटै हुने विश्वास व्यक्त गर्नु भयो । कारगारमा दैनिक थपिनेमा जवजस्तिकरणी, कर्तव्य ज्यान, लागुऔषध र ज्यान मार्ने उद्योग मुद्दाका थुनुवा बढी आउने गरेका पौडेलले बताउनुभयो ।

यस्तै सरकारले कैन्दीबन्दीका पर्याप्त रासनपानीको व्यवस्थान मिलाउनु पर्ने उहाँको भनाइ छ । सरकारले दिदै आएको रासनपानी कैदीबन्दीका लागि अपुग भएकाले सरकारले त्यसतर्फ ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो । साथै कारागारमा कैन्दीबन्दी बिरामी हुदाँ तथा आपतकालीन अवस्था सवारी नहुदाँ समस्या पर्ने गरेको छ ।

spot_img

Hot Topics

Related Articles