Monday, March 24, 2025

सिन्धुलीमा वढी भाडा लिने सवारी साधन कारबाहि, वढी भाडा यात्रुलाई नै फिर्ता गर्न लगाइयो

सिन्धुली – सिन्धुलीमा वढी भाडा लिने १४ वटा सवारी साधनलाई कारबाहि गरिएको छ । गोलन्जोर गाउँपालिका ७ खुर्कोट स्थित चेकप्वाईन्ट, कमलामाई नगरपालिका ६ माझिटार र कनपा ९ भिमानमा खटिएको प्रहरी र ट्राफिक सहितको संयुक्त चेकिङ टोलिले सवारी साधन चेकजाँच गर्ने क्रममा वढी भाडा लिने १४ वटा सवारी साधनलाई कारबाहि गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पुर्बबाट काठमाण्डौ तर्फ .जाने तथा आउने वढी भाडा लिने सवारी साधनलाई कारबाहि गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक डिएसपि मनोज लामाले बताउनुभयो । उहाँका अनुसार वढी भाडा यात्रुलाई फिर्ता गर्न लगाइ सवारी साधनलाई ट्राफिक जरिवाना गरी गतन्तव्य तर्फ पठाईएको हो । निषेधाज्ञाको मौका छोपि सवारी साधनले यात्रुबाट वढी भाडा असुल्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हाल सवारी चेकजाँचमा कडाई गरिएको डिएसपि लामाले बताउनुभयो ।

spot_img

Hot Topics

Related Articles