सिन्धुली– सिन्धुलीमा लागु औषध सहित दुई जनालाई प्रहरीले प्रक्राउ गरेको छ । आज कमलामाई नरपालिका .९ चुरे स्थित बि.पि.राजमार्ग सडक–खण्डमा चेकजाँच गर्ने क्रममा मोटसाइकलमाई लुकाई छिपाई ल्याउदै गरेको लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बर्दिबासबाट भिमान तर्फ आउँदै गरेको प्रदेश.न २–०२–००२ प ६७८१ नम्बरको मोटसाइकलामाई लुकाई छिपाई आगु औषध ल्याउँदै गरेको अवस्थामा मोटसाइकल चालक कमलामाई नगरपालिका ९ भिमानका ३१ बर्षीय बिमल चौहान र पछाडी सवार बझाङ जयपृथ्बि नगरपालिका १ का ३६ बर्षीय बलिराम सिंह ठकुरी लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक डिएसपि मनोज लामाले बताउनुभयो ।
मोटसाइकल चालक चौहाले पाईन्टको साईडको गोजिमा कालो रङ्गको प्लास्टिकमा बेरेर ल्याएको लागु औषधी ब्राउनसुगर जस्तो देखिने सेतो गिलो पदार्थ अन्दाजी ४ ग्राम भटिएको डिएसपि लामाले बताउनुभयो । यस्तै मोटसाकल पछाडी सवार ठकुरीले पाईन्टको पछाडिको गोजिमा कालो रङ्गको प्लास्टिकमा बेरेर ल्याएको ब्राउनसुगर जस्तो देखिने सेतो गिलो पदार्थ अन्दाजी २ ग्राम ४० मिलिग्राम र कागजमा पोका पारेर ल्याएको गाजा अन्दाजी १५ ग्राम भेटिएको थियो । प्रक्राउ गरेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।