Monday, April 22, 2024

सिन्धुलीमा बालिका बलात्कार गर्ने दुई जना पक्राउ

सिन्धुली – सिन्धुलीमा बालिका बलात्कार गर्ने दुइ जनालाई पक्राउ गरिएको छ । कमलामाई नगरपालिका १ का ६५ वर्षका अम्बर बहादुर भुजेल र कमलामाई नगरपालिका ७ का १४ वर्षका बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
६५ वर्षका अम्बर बहादुर भुजेलले १४ वर्षिय बालिकालाई जवरजस्तिकरण गरेको आरोपमा पिडित पक्षले यहि असार २५ गते दिएको जाहेरी अनुसार पक्राउ गरिएको हो । जाहेरी आएको दिन नै आफ्नै घरमा लुकीछिपि बसेको अवस्थामा भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक डिएसपि मनोज कुमार लामाले बताउनुभयो । भुजेललाई आज जिल्ला अदालतमा जवरजस्तीकरणीमा मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान कार्य भई रहेको डिएसपी लामाले बताउनुभयो ।
यस्तै १३ वर्षिय सुस्त मनस्थिति भएकी बालिकालाई आफ्नै घरमा जवरजस्तिकरणी गरेको पिडित पक्षले शनिबार दिएको जाहेरी अनुसार शनिबार नै कमलामाई नगरपालका ७ का १४ वर्षका बालकलाई पक्राउ गरिएको छ । बालक घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको डिएसपि लामाले बताउनुभयो । बालकालाई आज सिन्धुली जिल्ला अदालतमा मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

spot_img

Hot Topics

Related Articles