सिन्धुली –सिन्धुलीमा चौविस घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको अनुसार २ सय १५ जनामा गरिएको स्वाव परिक्षणमा २८ जना महिला र ३४ जना पुरुष गरि ६२ जनामा संक्रमण्म पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोना भाईरस संक्रमण हुनेको संख्या २ हजार २ सय ९४ जना पुगेको छ ।
यस्तै हालसम्म ३ हजार ४ सय ९९ पिसिआर विधिबाट गरिएको परिक्षणमा १ हजार ७ सय ५६ जना र २ हजार ८२ एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ । हाल होम आईसोलेसनमा ४ सय ६७ जना र संस्थागत आईसोलेसनमा १९ जना गरि ४ सय ८६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
यस्तै हालसम्म जिल्लामा १ हजार ८ सय एक जना कोरोना संक्रमित उपचार पछि स्वस्थ भएका छन् ।