Thursday, April 18, 2024

सिन्धुलीमा आज थप २६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि

सिन्धुलीमा आज थप २६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको अनुसार ६० जनामा गरिएको स्वाव परिक्षणमा ११ जना महिला र १५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोना भाईरस संक्रमण पुष्टि हुनेको संख्या २ हजार ७ सय ४९ जना पुगेको छ ।

यस्तै हाल होमआईसोलेसनमा ५ सय १ जना र संस्थागत आईसोलेसनमा १३ जना गरि ५ सय १४ जना सक्रिय संक्रमित रहेको छ । त्यस्तै हालसम्म संक्रमित भएका मध्य २ हजार १ सय ९७ जना संक्रमित उपचारपछि स्वस्थ भएका छन भने ३८ जनाको कोरोना भाईरस संक्रमणका कारण ज्यान गएको छ ।

spot_img

Hot Topics

Related Articles