सिन्धुलीको कोरोना संक्रमित वृद्धालाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ । जिल्लाको कोभिड अस्पतालमा उपचारत कमलामाई नगरपालिका ८ कि ७६ वर्षिय वृद्धालाई थप उपचारको लागि आज काठमाडौ लगिएको हो । पाँच दिन देखि जिल्लाको कोभिड अस्पतालमा उपचारत रहेको वृद्धाको स्वास्थ्य अवस्था जटिल भएकाले उहाँको परिवारले थप उपचारको लागि काठमाडौ लगिएको जिल्ला अस्पताल सिन्धुलीका व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलले बताउनुभयो । उहाँको अनुसार उक्त वृद्धाको ब्लड पेसर हाइ थियो । जिल्लामा हाल सम्म ३८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।