सिन्धुली– सिन्धुलीको कोरोना संक्रमित पुरुषलाई थप उपचारको लागि आज काठमाडौ लगिएको छ । कमलामाई नगरपालिका ८ का अन्दाजी ५० वर्षीय पुरुषलाई थप उचारको लागि हेलिकप्टर मार्फत काठमाडौ लगिएको हो । उक्त पुरुष ५ दिन देखि जिल्लाको कोभिड अस्पतालमा उपचारत रहेको जिल्ला अस्पताल सिन्धुलीका व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित विरामीको स्वास्थ्य अवस्था जटिल भए पछि उहाँको परिवारले थप उपचारको लागि काठमाडौ लगेको हो । जिल्लामा हाल कोरोना संक्रमणको कारण ३४ जनाले ज्यान गुमाएका छन् ।