सिन्धुलीको धार्मिक तथा पर्यटकिय क्षेत्र शिद्धबाबा मन्दिर परिसरमा सरसफाई गरिएको छ । आज रोट्याक क्लब सिन्धुलीले कमलामाई नगरपालिका ४ को शिदबाबा मन्दिर परिसरमा सरसफाई गरेको हो । पर्यटन प्रवधन गर्ने साथै साउन महिनामा मन्दिरमा भक्तजनको भिड बढ्ने भएकाले सरसरफाई गरिएको रोट्याक क्लब सिन्धुलीका सचिव सुर्दशन साहिले बताउनुभयो । मन्दिर क्षेत्रमा भएको फोहोरले मन्दिर क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकसंगै पुजा पाठ गर्न आउने भक्तजनहरुमा समेत नराम्रो असर परेको थियो । घुम्न आउने पर्यटकलाई मन्दिर क्षेत्रको राम्रो म्यासेज जावोस भनेर आफुहरुले सरसफाइ सुरु गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार क्लबका २६ जना सदस्यको उपस्थितिमा मन्दिर परिसर सरसफाई गरिएको हो ।