Tuesday, January 21, 2025

यस वर्षको बजेटमा कृृषि र शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएका छौं

कमलामाई नगरपिालिकाका प्रमुख खड्गवहादुर खत्री निर्वाचित भएको ४ वर्ष पुरा भएको छ भने पाँचौं तथा अन्तिम वर्षको निती तथा कार्यक्रम र बजेट आउँदो असार १० गते सार्वजनिक गर्ने तयारीमा जुटेकाछन् । नेकपा एमालेबाट निवार्चित उनले दैनिक रुपमा ज्याला मजदुरी गर्नेहरुलाई स्वास्थ्य बिमा, पाठेघर, आङखस्ने र मोतिया बिन्दुको निःशुल्क अपरेशन गराउँदै आएकाछन्भने शिक्षामा एकरुपता ल्याउनका लागि कदमहरु चालेकाछन् । समाजवादी यात्राका लागि शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँच अनिवार्य भएका बेला उनले आफ्नो कार्यकाललाई त्यसैतर्फ केन्द्रीत गरेकाछन् । आसन्न बजेट अधिवेशनमा केन्द्रीत रहेर सन्देश जनप्रियले गरेको कुराकानीको सम्पादित अंश ।

कमलामाई नगरपालिकाले आउँदो असार १० गते नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ, नीति तथा कार्यक्रममा कस्ता कस्ता कुरालाई प्राथमिकता दिनुभएको छ ?
कोरोना संक्रमणको दोस्रो लहरको बीचमा जनताको जीवन रक्षाका लागि निरन्तर लागिरहेका छौं । आर्थिक वर्ष २०७८÷०७९ का लागि हामीले कृषि र शिक्षालाई पहिलो प्राथमिकतामा राखेकाछौं । विगतका अधुराकामलाई पनि यस वर्ष पुरा गर्नुपर्ने दायित्व हामीसँग छ भने पूर्वाधार विकासका कामलाई पनि प्राथमिकताका साथ अगाडि बढाउनु पर्नेछ ।
कोरोना संक्रमणको बढ्दो लहरसँगै त्यसलाई सचेततापूर्वक लड्न र त्यसलाई परास्त गर्ने स्वास्थ्यका न्यूनतम् मापदण्डहरु पालना गराउने र पर्याप्त स्वास्थ्य सामाग्री प्रयोगगर्दै सचेतना अबगाडि बढाउने कुरालाई हामीले प्राथमिकतामा राखेका छौं । शिक्षा, कृषि, पूर्वाधार विकास र स्वास्थ्यनैं हाम्रो प्राथमिकताका क्षेत्रहरु हुन् । शिक्षा क्षेत्रको बिकास बिना सगम्र क्षेत्रको विकास संभव नहुने र हामीले परिकल्पना गरेको समाजवादी यात्रा पनि तय गर्न नसकिने भएकाले कृषि, भौतिक पूर्वाधारसँगै कोरोना संक्रमणका बिरुद्ध लड्ने योजना बनाएका छौं ।
त्यसैगरी हामीले बनाएका डिपिआरहरु मध्ये केहीमा काम गर्न सकिरहेका छैनौं । केउरे–केरावारी सडक, एकपाखे–सुनडांडा सडक, फिटिङ–भिरगाउँ र वडा नं.१ को डाँडी गुराँसेको रिङरोड सडकलाई अगाडि बढाउन प्रदेश सरकारलाई अनुरोध गरेकाछौं । त्यसैगरी डिपिआर गरेको केही साना सडकहरु आफैंले बनाएका छौं र केही पुरा हुने चरणमा छन् । त्यस्तै केही ठाउँमा डिपिआर गर्न वाँकीनैं छन् । निर्माण कार्य जारी रहेको कमलामाई १० को कालोपत्रे सडकको निरन्तरताका लागि हामीले प्रदेश सरकारलाई अनुरोध गरिसकेका छौं ।
त्यस्तै हामी निर्वाचित भएर आएपछि ५ वटा सहरी स्वास्थ्य क्लिनिकमा पक्की भवन भनेकाछन् भने बाँकी रहेकालाई पनि व्यवस्थित र सुदृढ बनाउने क्रममा हामी निरन्तर लागिरहेका छौं । वडा नं. १३ मा रहेको आयुर्वेद अस्पताल भवनको निर्माण कार्य पुरा भएको छ ।
त्यसैगरी पर्यटकीय दृष्टिले हेर्दा कमलामाई नगरपालिका भित्र रहेको सिन्धुलीगढी, कमलामाई मन्दिर, कालीमाई, सिद्धवावा मन्दिर, आजाद पिकनिक स्पोट आदीले यस क्षेत्रको नामलाई चिनाईरहेको छ । सिद्धवावा मन्दिर जाने बाटोमा समस्या छ, त्यसको पनि हामीले डिपिआर बनाएर अगाडि बढाइसकेका छौं समग्रमा भन्नुपर्दा हामीले जनमुखी कामहरुलाईनैं अगाडि बढाउने तयारी गरिसकेका छौं ।
तपाईको कार्यकालको यो अन्तिम बजेट पनि हो यो । तपाई निर्वाचित भएको ४ वर्ष पुरा भएको छ । यस्तो अबस्थामा आउन लागेको नीति तथा कार्यक्रमले निर्वाचनका बेला तपाईले मतदाताको दैलोमा गरेका प्रतिवद्धता र चुनावी घोषणापत्रमा उल्लेख भएका सबै कुराहरु पुरा भइसक्छन् त ?
तपाईले सही कुराको उठान गर्नुभयो । मेरो कार्यकालको अन्तिम बजेट भएकाले आफ्ना प्रतिवद्धता र चुनावी घोषणापत्रमा उल्लेख भएका कुराहरुलाई पुरा गराउने दायित्व हुन आउँछ । निर्वाचनका बेला गरेका प्रतिवद्धताहरु र नेकपा एमालेको चुनावी घोषणापत्रमा उल्लेख भएका कुराहरु सबै पुरा हुने अबस्था मैंले देखेको छैन । तर ८० प्रतिशत कामहरु भने यो बजेटबाट पुरा पुरा हुनेछन् भन्ने कुरामा म विश्वस्त छु । त्यस बेलाको चुनावी घोषणापत्रमा उल्लेख भएका केही कामहरु पुरा नभएपनि स्थानीय स्तरमा भएका समस्याहरु, विकास निर्माणसँग जोडिएका थुप्रै कामहरु पुरा भएकाछन् ।
ति घोषणापत्र र व्यक्तिगत प्रतिवद्धतापत्रमा उल्लेख भएका जनजिविकाका सवालहरु किन पुरा हुन सकेनन् त ?
म निर्वाचनका क्रममा जनताको दैलोमा नेकपा एमालेको चुनावी घोषणापत्र थियो भने अर्कातिर मेरो आफ्नै प्रतिवद्धताहरु पनि थिए । मैंले व्यक्तिगत रुपमा गरेको, स्थानीय पार्टी कमिटीले बनाएको घोषणापत्रलाई अक्षरस पुरा गराउन कठिन हुनेरहेछ । यी सम्पूर्ण प्रतिवद्धताहरु पुरा गराउन मुख्य रुपमा बजेटकै समस्या पर्नेरहेछ । प्रदेश र संघीय सरकारले पठाएका योजनाहरुको सिलिङ तोकिने र स्थानीय निकायमा आवशयक्ताहरु धेरै हुनुका साथै सिमित बजेटका कारणले भनेजति काम हुन नसक्ने रहेछ । यसले गर्दा हामीले घोषणापत्रमा लेखिएका कुरालाई सम्वोधन गर्नका लागि संघ र प्रदेशलाई अनुरोध गरेर पठाएका हुन्छौं, तर माथिबाट हामीले पठाएका सबै योजनाहरुलाई स्वीकार गरेर बजेट आएको हुँदैन त्यही कारणले पनि केही केही कुरा छुटेका हुन् ।
त्यसैगरी निर्वाचनका बेला हामीले जे कुरा बोल्यौं, ती कुराहरु बाहिरका कुरा पनि बोलिएको हुँदोरहेछ, भन्ने कुरा निर्वाचित भएर आइसकेपछि मात्रै थाहा पायौं । त्यसले पनि हामीमा हामीले बोलेका र लेखेका कुराहरु पुरा हुनमा समस्या देखिएको हो ।
कोरोना महामारीकै बीचमा बजेट अधिवेशन हुँदैछ, यस्तो अबस्थामा कसरी कामहरु अगाडि बढाउनुहुन्छ ?
अघिल्लो वर्षको कोरोना लहरबाट हामीले पाठ सिक्यौं । फागुन चैतबाट कोरोनाको लहर आउने र बैशाख जेठसम्म जाँदा यसले हाम्रो विकास निर्माणमा असर पार्ने रहेछ । कोरोना रोकथाम र नियन्त्रणका लागि बजेटको आवश्यक्ता पर्ने भन्दा पनि नियमको पालना गर्दा यो रोग नियन्त्रण हुने रहेछ । यो जान्दा जान्दैपनि हामीले नगरबासीको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेरनैं खोप ल्याउने प्रयत्न गरेका थियौं । तर हामीलाई खोप किन्ने अनुमतिनैं दिइएन । संघीय सरकारलेनैं खोपको ब्यवस्था गर्ने भनेपछि हाम्रो प्रयासले काम गरेन । यदी हामीलाई खोप किन्ने अनुमतिपाएको भए सम्पूर्ण नगरवासीलाई पुग्ने खोप ल्याउने थियौं । तर हामीले नगरपालिका हेल्थपोष्ट, सहरी स्वास्थ्य क्लिनिकबाट निःशुल्क बितरणहुने ज्वरोका लागि अति आवश्यक पर्ने औषधीहरुमा भने कुनै पनि कमी हुनदिने छैनौं ।
प्रसंग बदलौं, अहिलेको राजनैतिक अबस्थालाई कसरी नियाली रहनुभएको छ ?
मुलुकको अहिलेको राजनैनिक अबस्थानैं बिग्रिएको छ । कोरोना महामारीका बिरुद्ध एक भएर लड्नुपर्ने राजनैतिक दल र नेताहरुको मन बिभाजित भएकाछन् । राजनैतिक दलहरु आन्तरिक किचलोबाट बिखण्डनको संघारमा पुगेकाछन् । जसले गर्दा जनताका कामहरु गर्न निकै कठिन भएकाछन् ।
विकास निर्माणमा अबरोध सिर्जना भएकाछन् । विकास निर्माणमा ध्यान केन्द्रीत गर्नुपर्ने नेताहरु, जनप्रतिनिधीहरुमाथि राजनैतिक दबाब र उनीहरुमाथि भएका खिचातानीले विकास निर्माणमा अबरोध भएकैछन् । त्यसैले भन्ने गरिन्छः राजनीतिको मुहान सफा नहुँदासम्म त्यसले सबैतिर फोहोर पार्ने रहेछ । मुलुकको अहिलेको राजनैतिक संकटको निकास छिटो निस्कन जरुरीछ । यदी यसको निकास छिटो निस्केन भने त्यसको असर स्थानीय निकायले ल्याउने तयारी गरेको बजेटमा असर पर्ने निश्चितछ । बागमती प्रदेशबाट साझा रुपमा बजेट ल्याउने एउटा सुरुवात भएको छ । नेकपा एमाले एक ढिक्का भएर जानुपर्छ भन्ने मान्यताका साथ नीति तथा कार्यक्रम पास भएको छ, त्यसबाट अन्यत्रपनि पाठ सिक्दै राजनैतिक दलका बीचमा समन्वय र सहकार्य भएर अगाडि बढ्नेहो भने अझै केही बिग्रिएको छैन, त्यसैले अन्योलपूर्ण राजनैकित अबस्थाको छिटो निकास दिनु पर्छ ।
तपाई त नेकपा (एमाले) सिन्धुलीको जिम्मेवार नेतृत्व पनि हो, एमाले बिग्रिएको छ पनि भन्नुभएको । अब यो बिग्रिएको एमालेलाई सही बाटोमा ल्याउने के उपाय देखिरहनु भएको छ त ?
देश संविधानसम्मत सञ्चालन गर्ने हो भने त्यही सही ढंगले चल्छ, त्यस्तै राजनैतिक दल पनि आ आफ्ना महाधिवेशनले पारित गरेका राजनैतिक दस्तावेज, विधान, तथा कार्यक्रमलाई पालना गरेर गइयोभने, त्यसको सही किसिमले विश्लेषण गरेर अगाडि बढियोभने समस्याहरु कमै आउँछन् । तर यहाँ त हामी हाम्रो अनुकुलले संविधानको व्याख्या गर्न थाल्यौंभने, राजनैतिक दलका दस्तावेजलाई आफु अनुकुल प्रयोग गर्न लाग्यौंभने संकट त आइहाल्छ नि ? हाम्रो पार्टीलाई एकिकृत हुनका लागि अदालतले बाटो खोलिदिएको छ । नेकपा एमाले र माओवादी केन्द्रलाई आ–आफ्नै पार्टीको रुपमा स्थापित गरिदिएपछि, नेकपा एमालेको ९औं महाधिवेशन र त्यसले पारित गरेका विधी विधानलाई पालना गर्ने भनिसकेपछि हामी अगाडि बढ्न सक्छौं ।
नेकपा एमाले तपाईले भनेकै बाटोबाट अगाडि बढ्छ र त्यसलाई दुबै पक्षले इमान्दारिताका साथ कार्यान्वयनमा लैजान्छन् त ?
राजनीतिमा असंभव भन्ने कुरा हुँदैन । त्यसमाथि हामी कम्युनिहरु त सँधै आशाबादी हुन्छौं र कहिल्यैं निराश पनि हुँदैनौं । त्यसैले अहिले नीति तथा कार्यक्रमहरु सहज रुपमा पारित हुनु, पार्टी केन्द्रमा नेत्वहरुका बीच घनिभूत छलफल र सम्वादहरु अगाडि बढ्नु र आन्तरिक एकता कमजोर हुँदा विरोधी शक्तिहरुले टाउको उठाउँदारहेछन् भन्ने कुराबाट पाठ सिकेर अगाडि बढेको देखिँदा तमामा एमाले नेता तथा कार्यकर्तामा खुशी छाएको छ । यी सबै प्रयासहरु सार्थक हुनुपर्छ । र पार्टीलाई बिखण्डन गर्ने, आपसी कलह सिर्जना गर्नेहरुदेखी पार्टी नेतृत्व सचेत रहनुपर्छ ।
अनाबश्यक टिका टिप्पर्णी गर्ने, नेतृत्वका विरुद्ध लेख्ने, खुइल्याउने, धेराबन्दीमा पार्ने, काममा अबरोध सिर्जना गर्नेजस्ता कामहरु नगरौं । यसले सिंगो पार्टीलाई क्षति पुग्ने र कार्यकर्ताको मनोबल कमजोर पार्नेकाम हुन्छ । त्यसैले यी सबै गतिविधी बन्द गरेर अगाडि बढौं ।

spot_img

Hot Topics

Related Articles