माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलमल दाहाल र जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईको उमेर एउटै भौगोलिक क्षेत्र पनि लगभग एउटै ,पुर्ख्यौली बर्ग धरातल पनि लगभग एउटै ।
औपचारिक शिक्षामा केही फरक रहेका यी नेता गण एक समय एउटा बर्गका आसाका केन्द्र अर्को बर्गको त्रासका केन्द्र थिए । सँसदीय गोल चक्करमा फसेको नेपाली कम्युनिस्ट आन्दोलनलाई तरङ्गित बनाउदै सम्पुर्ण शोषणबाट मानव समाजलाई मुक्तगर्दै बर्ग बिहिन साम्यवादको लक्ष्य राखेर २०५२ सालबाट श्रमजिबी बर्गको लागि गौरबमय महाअभियान जनयुद्धको नेतृत्व गरेका यी नायकहरु विश्व कम्युनिस्ट आन्दोलनमा चर्चाको शिखरमा थिए ।
पृथ्वीका कुनैपनि बस्तीमा यिनिहरुको नाम नसुन्ने सायद कोहि थिएनन् । मार्क्सवादी मान्यताबाट संसारलाई हेर्नुपर्छ र फेर्नुपर्छ भन्ने यी नायकहरुप्रति खासगरि नेपालका झुपडीहरुले ठुलै आसा गरेका थिए र साथ पनि दिए र बलिभेदीमा पनि होमिए । यो अभियानले सामन्त शोषक र जालि फटाहाहरुको भागाभाग नै भयो । यी नायकहरु माथि श्रमिक जनताहरुले प्रशंसाको ओइरो लगाइरहँदा जनताका दुस्मनहरु यिनिहरुको टाउकाको मूल्य तोकिरहेका थिए तर बिज्ञानलाई भुलेर प्रसंसा मात्रै गरिरहँदा नायकहरुले भित्र भित्रै आफ्नो बाटो बदल्दै गरेको थाहै पाएनन ।
किनकि यी नायकहरुपनि यहि समाजका थिए । सकारात्मक र नकारात्मक दुबै सोच र चिन्तन नायकहरुमा पनि थियो । अग्लो आसनमा रहेका यी नायकहरुसँग म निरीह बबुरोको संगत र उठबस हुने कुरात भएन तर यी दुई भाइले लेखेका दस्ताबेज र साहित्य प्राय पढेकोछु । उनिहरुले जसरी साम्यबादी मान्यता र नैतिकताबाट बिचलित नहुने प्रतिवद्धता जायर गरेका थिए र श्रमिकहरुले जसरी बिस्वास गरेका थिए तर भित्र भित्रै यी नायकहरुमा निम्न पुजिबादी धमिराले सताइसकेको कुरा पत्तै पाएको थिएन ।
हिमालको चुचुरामा पुर्याउन अघि लागेका नायकहरु ओरालो लागेर अहिले बंगालको खाडीमा पुगेर तिनै बिगतमा टाउकाको मूल्य तोक्नेहरुसँग बसेर दिनकाटिरहेकाछन् पद र द्रब्यको जोहोमै रमाइरहेकाछन् । चिनका कम्युनिस्ट नेता ल्यु साओचिले असल कम्युनिस्ट कसरी बन्ने भनेर किताबै लेखे तर अन्त्यसम्म आफै कम्युनिस्ट रहेनन् । त्यसो हुनाले भुपु नायकहरु प्रचण्ड र बाबुरामका अहिले प्रसंसक बदलिएकाछन् हिजो झुपडीले प्रसङसा गर्थ्यो आज महलले प्रसङ्सा गरिरहेकोछ ।
बर्ग सङ्घर्षको बाटोबाट बिचलित भैसकेर पनि प्रचण्ड अझै सोझा मान्छेहरुलाई भ्रम दिइरहेकाछन् कि फेरि सबै माओबादी एक हुनुपर्छ र लडनुपर्छ । के प्रचण्डले फेरि बर्ग सङ्घर्ष गर्छन् भन्ने कसैलाई बिसवास छ ?यदि छभने ती बिस्वास गर्ने मान्छेहरुलाई म बिचरा मान्छे भन्छु । जसले बिगतमै संसदिय ब्यबस्थामा अबतरण गर्न जनसेनालाई प्रततिकृयाबादी सेनामा मिलाईदिइसके संसदमै राजगर्न बिगतमा आफैले प्रतिकृयाबादी भनेको पार्टीसँग पार्टी एकता गरिसके र त्यहा आफ्नु पदमा कुरा नमिलेपछिको आक्रोसमा क्रान्ति शब्दको व्यापार गर्ने र फेरि शक्ति आर्जन गरेर संसदमा दाइँ खेल्ने भित्री मनसायले संसदीय ब्यबस्थाको भन्डाफोर गर्ने बाम शक्तिहरुलाई भर्याङ बनाउन खोजिरहेकाछन् । त्यसकारण नबउदारबाद बहुलबादमा डुबुल्की मारिसकेका र नब उदारबासँग समझौता गरिसकेकाहरुबाट बाम शक्ति बेलैमा सचेत रहन आबश्यक छ ।