Tuesday, April 16, 2024

निर्माणाधिन ऐतिहासिक युद्ध संग्रहालय सिन्धुलीगढीको काम अन्तिम चरणमा

कमलामाई नगरपालिका वडा नम्बर ३ मा निर्माणाधिन रहेको ऐतिहासिक युद्ध संग्रहालय सिन्धुलीगढीको काम अन्तिम चरणमा पुगेको छ । यहि साउन महिनामा उद्घाटन गर्ने गरि निर्माण गरिएको ऐतिहासिक युद्ध संग्रहालय सिन्धुलीगढीको निर्माण कार्य अन्तिम चरणमा पुगेको कमलामाई नगरपालिकाका सुचना अधिकारी निर्मल लामाले जानकारी दिनुभयो ।
नव निर्मित ऐतिहासिक युद्ध संग्रहालयमा अहिले मुर्ति जडानको काम भईरहेको छ ।संग्रहालयमा पुस्तकालयको व्यवस्थापन गर्ने काम भईरहेको कमलामाई नगरपालिकाका सुचना अधिकारी लामाले बताउनुभयो ।
यस्तै, युद्धका बेला प्रयोग गरिएको हातहतियार, औजारहरुको पनि संकलन गर्ने कार्य र संकलन भएको सामाग्रीको व्यवस्थापन गर्ने कार्य भईरहेको उहाँले बताउनुभयो । सबै निमार्ण कार्य अन्तिम चरणमा पुगेको र यहि स्रावन महिनामा ऐतिहासिक युद्ध संग्रहालय सिन्धुलीगढीको उद्घाटन हुने कमलामाई नगरपालिकाका सुचना अधिकारी लामाले बताउनुभयो ।

spot_img

Hot Topics

Related Articles