सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ यात्रु लिएर जाँदै गरेको बस सडकबाट चिप्लीएर बसको पछाडिको भाग तल झरेको हो । सडक निर्माण कार्य भईरहेको र केहि दिन लगातार परेको पानीका कारण सो सडकमा सवारी साधन सन्चालनमा समस्या भएको छ । बसमा रहेका यात्रु सकुसल रहेका छन् ।