Saturday, February 15, 2025

घ्याङ्लेखमा नेपाल टेलिकमको टावर निर्माण हुने

घ्याङ्लेख गाउँपालिकामा नेपाल टेलिकमको टावर निर्माण हुने भएको छ । घ्याङ्लेख गाउँपालिका वडा नम्बर ४ को चौकीडाँडामा र वडा नम्बर ५ को सिंपालमा नेपाल टेलिकमको टावर निर्माणको लागि तयारी थालिएको घ्याङ्लेख गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विष्णु कुमार कर्मचार्यले बताउनुभयो ।

टावर नहुदा सुचना तथा सन्चार माध्यमबाट पछाडी परेको घ्याङ्लेख गाउँपालिकाको वडा नम्बर ४ को चौकीडाडा क्षेत्र र वडा नम्बर ५ रामपुरमा अबको केहि समयमै नेपाल टेलिकमको टावर निर्माण हुने भएको हो ।

लकडाउनको कारण र वर्षातको कारण काम सुरु हुनुमा केही ढिलाइ भएको अध्यक्ष कर्मचार्यले बतउनुभयो । उहाँका अनुसार अब छिट्टै नै काम सुरु हुनेछ ।

टावर नहुँदा त्यस ठाउँका स्थानिय सुचना तथा सन्चार माध्यमबाट बन्चित हुनुपर्दा धेरै समस्या परेको र आवश्यक पर्दा मोबाईल फोनबाट पनि कुराकानी गर्न धेरै समस्या भएको अध्यक्ष कर्मचार्यले बताउनुभयो । आफुहरुको पहलमा नै अब गाउँमै टावर बन्ने भएपछि वडा नम्बर ४ र ५ का स्थानिय हर्षित भएका छन् ।

उक्त टावर निर्माण सम्पन्न भएपछि घ्याङ्लेख गाउँपालिकाको वडा नम्बर ३, ४, ५ महाभारत गाउँपालिकाको वडा नम्बर ८ र मरिण गाउँपालिका वडा नम्बर १ को खलंगा, मधुवन क्षेत्रका मानिसहरुले लाभ लिन सकिने घ्याङ्लेख गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विष्णु कुमार कर्मचार्यले बताउनुभयो ।

spot_img

Hot Topics

Related Articles