Thursday, March 27, 2025

कृषिलाई आधुनिकीकरण गर्न तिनपाटनमा मिनीटिलर र पावरटिलर वितरण

बरुण घिमिरे

सिन्धुलिको तिनपाटन गाउँपालिकाले कृषिलाई आधुनिकीकरण गर्ने उद्देश्यअनुरूप किसानलाई मिनीटिलर र पावरटिलर वितरण गरेका छ । गाउँपालिकाले १२ जना किसानलाई मिनीटिलर र ३ जना किसानलाई पावरटिलर वितरण गरेका हो ।

गाउँपालिकाले पालिकाका कृषि शहकारी र कृषि समुहमा आबद्द व्यावसायिक किसान छनोट गरि कृषि परियोजनाअन्तर्गत मिनीटिलररपावरटिलर वितरण गरेको छ ।

पालिकाका ११ वटै वडाका किसानलाई कृषि परियोजनाअन्तर्गत ७५ प्रतिशत अनुदानमा मिनीटिलर र पावरटिलर वितरण गरेको हो ।

आधुनिक नयाँ प्रविधिबाट किसानलाई खेतीपाती गराउन मिनीटिलर र पावरटिलर वितरण गरिएको गाउंपालिकाका उपाध्यक्ष पदममाया तामाङले जानकारी दिनुभएको छ । कृषि कार्यक्रमले किसानलाई थप सफल बनाएको प्रतिक्रिया समेत दिनुभएको छ ।

spot_img

Hot Topics

Related Articles