Tuesday, April 16, 2024

कमलामाई नगरपालिकाद्धारा आमाबाबु विहिन बालबालिकालाई आर्थिक सहयोग

सिन्धुली – कमलामाई नगरपालिकाले विपन्न तथा आमाबाबु विहिन बालबालिकालाई आर्थिक सहयोग गरेको छ । बागमती प्रदेशको आमाबुवा विहिन बालबालिको संरक्षण कार्यक्रम अन्तर्गत नगरपालिकाले प्रत्येक वडाका आमा बुवा विहिन तथा विपन्न परिवारका तीन तीन जना बालबालिकालाई आर्थिक सहयोग गरेको हो । आज कमलामाई गरपालिका वडा नम्बर १० का तीन जना आमा बुवा विहिन बालबालिकालाई तीन हजारका दरले आर्थिक सहयोग गरेको कमलामाई नगरपालिका १० का वडा अध्यक्ष कैलाश ढुंगेलले बताउनुभयो । उहाँका अनुसार बालबालिकालाई उक्त आर्थिक सहयोगले उनीहरुको शिक्षामा केहि हद सम्म सहयोग पुग्ने अपेक्षा अनुसार सहयोग गरिएको हो । नगरपालिकाका १४ वटै वडाका आमाबुवा विहिन तीन जना बालबालिकालाई तीन हजारको दरले सहयोग गरिने कमलामाई नगरपालिकाले जनाएको छ । बागमती प्रदेशले ०७७÷७८ को आमा बुवा विहिन बालबालिको संरक्षण कार्यक्रम अन्तर्गत प्रत्येक नगरपालिकाको लागि ९६ हजार र गाउँपालिकाको लागि ७२ हजारको दरले रकम विनियोजन गरेको थियो भने महानगरपालिका तथा उपमहानगरपालिकाको लागि १ लाख २० हजारका दरले बजेट विनियोजन गरेको छ ।

spot_img

Hot Topics

Related Articles