Thursday, April 18, 2024

एक महिनादेखि हराइरहेकी महोत्तरीकी एक युवतीको शव शौचालय बनाउन खनेको खाल्डोमा भेटियो

महोत्तरी – झन्डै एक महिनादेखि हराइरहेकी महोत्तरीको लोहारपट्टी भ्रमरपुराकी सुजिता ठाकुरको शव आज ९सोमवार० शौचालय बनाउन खनेको खाल्डोमा भेटिएको छ । २७ वर्षीया ठाकुरको शव उनकै ससुरा पतिरामको खेतमा निर्माणाधीन शौचालयको सेप्टी ट्याङ्कीमा सडेको अवस्थामा भेटिएको हो ।

सुजिताको शव नौ फिट गहिरो सेप्टी टयाङ्कीको भित्र चार फिट गहिरो अर्को खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको महोत्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० प्रकाश विष्टले बताउनुभयो । शवमाथि ढलानसमेत गरिएको थियो ।

सङ्घीय प्रहरी, प्रदेश प्रहरी, जिल्ला प्रहरी र अभियन्ता सरोज रायको संयुक्त प्रयासमा शव भेटाउन सफल भएको विष्टले बताउनुभयो । प्रहरीले गएको असार १३ गते सुजिताका श्रीमानको खेतमा चार फिट गहिरो खाल्डो खन्दा कपाल, नुन, मलखाद, तन्ना र डोरी फेला पारेको भए पनि पूरै शव भेटाउन सकेको थिएन ।

गएको जेठ २० गते सुजिताको हत्या भएको प्रहरीको अनुमान छ । श्रीमान् र ससुराले उनको हत्या गरेको माइती पक्षको आरोप छ । प्रहरीले पनि सुजिताको हत्या परिवारकै सदस्यले गरेको शङ्का गर्दै श्रीमान् र देवरलाई पक्राउ गरेको छ । बाँकी रहेका सुजिताकी सासू, ससुरा र देवरानी भने अहिले पनि फरार रहेका छन् । उनीहरू भारतमा लुकेर बसेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।

श्रोत – उज्यालो अनलाईन

spot_img

Hot Topics

Related Articles