Thursday, April 18, 2024

अब सहकारी संघ ब्यूँझीयो – उपाध्यक्ष बालकुमारी श्रेष्ठ

सिन्धुली – सहकारी संघ संस्थाहरुको संस्थागत विकासका लागि जिल्ला सहकारी संघको भूमिका विषयक अन्र्तरकृया कार्यक्रम आज सिन्धुलीमाढिमा सम्पन्न भएको छ ।

सहकारी महासंघका सन्चालक तथा जिल्ला सहकारी संघ सिन्धुलीका उपाध्यक्ष बाल कुमारी श्रेष्ठले लामो समय देखि जिल्ला सहकारी संघको भूमिका निश्कृय रहेको र अब जिल्ला सहकारी संघ ब्यूँझीयकाले सबै सहकारीको हक हितको लागि जिल्ला संघ अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।

जिल्ला सहकारी संघ सिन्धुलीका महासचिव नबराज कोईरालाले कार्यक्रम आयोजना गर्नुको उद्धेश्य र संघको हाल सम्मको आय ब्याय विवरण , प्रस्तावित निति तथा कार्यक्रमको बारेमा जानकारी गराउनु भयो ।

लामो समय सम्म संघले आफ्नो जिम्मेवारी निभाउन नसक्दा चिन्तामा रहेका सहकारी संस्थाका सन्चालक र कर्मचारीहरु अब बनेका नयाँ कार्यसमितीबाट ठूलो अपेक्षा राखेको विचार ब्यक्त गरेका थिए ।

जिल्ला सहकारी संघ सिन्धुलीको आयोजना , सिन्धुली एकता बचत तथा ऋण सहकारी संस्था र नमुना बहुउद्धेश्यीय सहकारी संस्था को सौजन्यमा कार्यक्रम सम्पन्न भएको हो ।

spot_img

Hot Topics

Related Articles