Saturday, April 25, 2026

१४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आज उद्धघाटन

सिन्धुली – १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आज उद्धघाटन गरिएको छ ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारा सहित कमलामाई नगरपालिका ६ खुल्लामञ्चमा भएको अन्तरपालिका जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंगलबार कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पाखरेलले उद्धघाटन गर्नुभएको हो ।

उद्धाघटन समारोहलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख पोखरेलले खेलाडीहरु राष्ट्रको गहना रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले आजका साना खेलाडी भोलि जिल्ला, प्रदेश र देशलाई नै अन्तर्राष्ट्रिय रुपमा चिनाउने माध्यम बन्न सक्ने बताउनुभयो । साथै तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा अनुशासन र लगनशिलताको साथ खेल खेल्न नगर प्रमुख पोख्रेलले सबै खेलाडीहरुलाई आग्रह गर्नुभएको छ ।

जिल्ला खेलकुद बिकास समिति सिन्धुलीका अध्यक्ष बिर बहादुर थिङ ( बिसाल) को अध्यक्षतामा भएको उक्त कार्यक्रममा कमलामाई नगरपालिका १ का खेलाडी १४ वर्षीय दीप थिङलाई सम्मान समेत गरिएको थियो । बैशाख १० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा कँराते, तेक्वान्दो, एथलेटिक्स, कबड्डी, भलिबल, उसु लगायतका खेलहरू समावेश गरिएको आयोजकले जानकारी दिएका छन् ।

Hot Topics

Related Articles