आस्था विश्वकर्मा \ सिन्धुली
गाई काटेको आरोपमा एक साता अगाडी पक्राउ परेका दुई जनालाई प्रहरीले बुधबार छाडेको छ । मरिण गाउँपालिका वडा नम्बर ५ का स्थानीय ऐमान सिङ गोले र नक्दले गोलेलाई गएको मंसिर २६ गते पक्राउ गरेकोमा एक हप्ता थुनामा राखी बुधबार हाजिर जमानीमा छाडिएको हो ।

स्थानीय संगिता माझीको मरेको गाई काटेर घर लैजाने क्रममा ईलाका प्रहरी कार्यलय कपिलाकोटले ऐमान र नक्दलेलाई पक्राउ गरेको थियोे ।

अनुसन्धानको लागि विधि विज्ञान प्रयोशाला पठाएको र ल्याब रिर्पोट नआए सम्मको लागि प्रहरीले दुई जनालाई आवश्यक परेको खण्डमा हाजिर हुने गरि जमानीमा छाडिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयो ।

अनुसन्धानको क्रममा आवश्यक परेको समय उपस्थित गराउने गरि स्थानिय पाल्साङ बम्जनलाई कमलामाई नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कर्ण घिसिङ र मरिण गाउँपलिका वडा नम्बर ५ का वडाध्यक्ष दिपक माझीको रोहवरमा दुई जनालाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । निर्दोष व्यक्तिहरुलाई झुटो अभियोग लागएर पक्राउ गरिएको भन्दै नेपाल तामाङ घेदुङ सिन्धुलीले तत्काल छाड्नका लागि जिल्ला प्रशासन कार्यलय सिन्धुली मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र समेत बुझाएको थियो ।


