Thursday, April 16, 2026

शिद्धबाबा प्लस टु म्यानेजमेन्टका विद्यार्थीहरुद्धारा सिन्धुली डेरी उद्योग प्रालि अवलोकन

सिन्धुली- शिद्धबाबा प्लस टु म्यानेजमेन्टका विद्यार्थीहरुले आज सिन्धुली डेरी उद्योग प्रालि अवलोकन गरेका छन् । विद्यालयले विद्यार्थीहरुको थप क्षमता अभिवृद्धि गराउन र डेरीमा कसरी दुधबाट विभिन्न परिकार तयार हुन्छ भनेर प्रत्यक्ष देखाउन अवलोकन गरिएको हो ।


शिद्धबाबा प्लस टु म्यानेजमेन्टले आफ्ना विद्यार्थीहरुको शिक्षण सिकाईमा थप ईट्टा थप्न गरिएको यो प्रयासले विद्यार्थीहरु हर्षित भएका छन् ।

कक्षा कोठामा सिकेका कुराले मात्र विद्यार्थीहरुको सिकाई पुरा नहुने भएकाले वर्तमान समयमा ब्यवसायहरु कसरी सन्चालन भएका छन् , ब्यवसाय सन्चालन गर्नु अघि ध्यान दिनुपर्ने कुराहरु र भोलिका दिनमा आईपर्ने चुनौतीका बारेमा विद्यार्थीहरुलाई प्रत्यक्ष जानकारी गराईएको थियो ।

सिन्धुली डेरी उद्योग प्रा.लि.मा दुधबाट उत्पादन गरिने परिकारहरु के कस्ता सामानहरुबाट कसरी उत्पादन गरिन्छ भनेर डेरीका सन्चालक बलराम अधिकारीले विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो ।

सिन्धुलीमा कमै मात्रामा विद्यालयले विद्यार्थीहरुलाई यस्तो किसीमले शिक्षा दिनेगरेकाले कक्षा कोठाको सिकाईले मात्र नपुग्ने भएकाले यसरी प्रत्यक्ष अवलोकन गराउँदा शिक्षण सिकाईमा थप उर्जा पुग्ने सिन्धुली डेरी उद्योग प्रा.लि.का सन्चालक बलराम अधिकारीले बताउनु भयो । शिद्धबाबा प्लस टु म्यानेजमेन्ट कमलामाई नगरपालिका ६ धुरा फाँटमा रहेको छ ।

Hot Topics

Related Articles