Saturday, April 25, 2026

नगर प्रमुख पोखरेल द्धारा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमाथि उठाउन सकेको सहयोग गर्ने

कमलामाई नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर माथिउठान र आफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ ।

सिद्धबाबा माध्यमिक विद्यालय पानीट्यांकीमा आयोजित शैक्षिक अन्र्तक्रिया तथा नव निर्वाचित जनप्रतिनिधीलाई स्वागत कार्यक्रममा प्रमुख अतिथीका रुपमा सम्वोधन गर्दै नगर प्रमुख पोखरेलले दुई खाले शिक्षाको अन्त्य गरेर सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर माथि उठाउन र नमुना विद्यालयको रुपमा माथि उठ्न खोजीरहेका विद्यालयलाई नगरपालिकाको तर्फबाट सहयोग गर्न आफु तयार रहेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम र बजेट बनाउनु अगाडि सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई बो

लाएर आफुले सुझावहरु लिने उद्घोष पनि गर्नुभयो ।
कार्यक्रममा कमलामाई नगरपालका वडा नं। ६ का नबनिर्वाचित वडाध्यक्ष उज्वलकुमार थापाले छोटो अबधिमैं सिद्धवावा माध्यमिक विद्यालयले निकै ठूलो प्रगति गरेको बताउँदै वडा कार्यालयका तर्फबाट नगरक्षेत्रकै नमुना विद्यालय बनाउनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले विकासको पहिलो खुड्किलो शिक्षानैं भएकाले गुणस्तरीय शिक्षा प्रदान गरेर बजारमा बिक्ने खालको जनशक्ति उत्पादन गरेमात्रै शिक्षकहरुले पठनपाठन गराएको सार्थक हुने बताउनुभयो ।
विद्यालयको प्रधानाध्यापक टोमप्रसाद काफ्लेले नगरक्षेत्रको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उठाउनका लागि नगरप्रमुखलाई विभिन्न सुझावहरु दिनुभएको थियो । कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधीलाई फुल माला र अबिरले स्वागत गरिएको थियो ।// pradesh khabar

Hot Topics

Related Articles