नेपाल पुस्तक तथा स्टेश्नरी व्यवसायी महासंघ बागमती प्रदेश कमिटि जिल्ला शाखा सिन्धुलीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कोरोना भाईरस संक्रमणको जोखिम कायमै रहेकाले कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्न केहि हद सम्म सहयोग हुने हेतुले आज एक औपचारिक कार्यक्रम मार्फत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेपाल पुस्तक तथा स्टेश्नरी व्यवसायी महासंघ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष धनबहादुर कार्कीले बताउनुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई २० लिटर स्यानिटाईजर र एक हजार थान मास्क हस्तान्तरण गरेको हो ।
नेपाल पुस्तक तथा स्टेश्नरी व्यवसायी महासंघ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षता तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुन्दर तामाङको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेश्नरी व्यवसायी महासंघ बागमती प्रदेश कमिटि जिल्ला शाखा सिन्धुलीका कार्यलयका कर्मचारी र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


