सिन्धुली - बनेपामा मृत भेटिएको ब्यक्तिको पहिचान खुलेको जिल्ला प्रहरि कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

आईतबार विहान बनेपा नगरपालिका २ कलममसि स्थीत प्लटिङ गरेको जग्गाको छेउमा भेटिएको पुरुषको शब पहिचान खुलेको हो ।

प्रहरिका अनुसार सिन्धुली मरिण गाउँपालिका वडा नम्बर ५ घर भई हाल बनेपा नगरपालिका कलमसिमा सुदीप घिमिरेको घरको खेतमा काम गरि बस्दै आएका दुद्ध लाल थिङको शब फेला परेको हो ।

थिङको उमेर ५५ बर्षको रहेको बताईएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।