असोज १५ गते सोमबार । असोज कृष्ण तृतिया तिथि । पञ्चाङ्ग हर्षण विष्टि । भद्रा भरणी । चतुर्थी श्राद्ध । विश्व अहिंसा दिवस ।

मेष राशि
रमाइलो यात्राको योग रहेको छ । रमाइलो भेटघाटमा मन रमाउनेछ । प्रेममा सफलता मिल्नेछ । धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन् ।

वृष
सानै प्रयाशले काममा सफलता मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन् । सामाजिक काममा व्यस्त रहनुपर्नेछ ।

मिथुन
व्यापार व्यवसायमा लाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिको कारोबार बढ्नेछ । रोकिएका अधुरा कामहरु बन्नेछन् ।
कर्कट
दाम्पत्य जीवन सुखमय रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साथीभाईको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ ।
सिंह
रोजगारीको नयाँ अवसर मिल्नेछ । कूटनीतिक कार्यहरु सफल हुनेछन् । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मन प्रसन्न रहनेछ ।
कन्या
उत्साह र स्फूर्ति बढ्नेछ । सामाजिक कामहरु सफल हुनेछन् । ठुला व्यक्तिको सहयोगले काम गर्ने आत्मविश्वास बढ्नेछ ।
तुला
सोचेको आटेको काममा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । साथीभाईसंग भेटघाटमा मन खुसि रहनेछ ।
वृश्चिक
धार्मिक र सामाजिक काममा मन जानेछ । व्यापार व्यवसायमा अवरोध उत्पन्न हुन सक्ने देखिन्छ । मेहनत गरे कामहरु सफल हुनेछन् ।
धनु
सामाजिक कार्यमा तत्परता रहनेछ । वैदेशिक यात्रा हुने देखिन्छ । स्वास्थ्यमा सुधार आउनेछ । परोपकारी काममा रुची बढ्नेछ ।
मकर
अध्ययन अध्यापनमा सुधार आउनेछ। मनोरञ्जनमा मन जानेछ । वैदेशिक कार्यहरू बन्नेछन् । जागिरमा पदोन्नतिको योग रहेको छ ।
कुम्भ
शत्रुहरु पराजित हुनेछन् । धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । काम गर्ने हौसला, उत्साह र आत्मविश्वास बढ्नेछ ।
मीन
रोकिएका अधुरा कामहरु सुचारु हुनेछन् । बिछोडिएका मित्रसँग भेट हुनेछ । मनमा हर्ष बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।