Monday, December 4, 2023

९औं विश्व स्कुल दुध दिवसको अवसरमा सिन्धुलीमाढिमा वक्तृत्वकला प्रतियोगित सम्पन्न

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो

काठमाडौं— सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन...

काठमाण्डौमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाण्डौ – काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ...

सिन्धुली- ९औं विश्व स्कुल दुध दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल डेरी एसोसियसन जिल्ला शाखा सिन्धुलीको आयोजनामा सेप्टेम्बर २७ अर्थात आज ९ औँ विश्व स्कुल दूध दिवसको अवसरमा सिन्धुलीको विद्याश्रम अंग्रेजी माध्यमिक विद्यालयमा वतृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

वतृत्वकला प्रतियोगिता स्वस्थ जिवनको लागि दूध तथा दुग्धजन्य पदार्थको महत्व शिर्षकमा भएको थियो । विद्याश्रम अंग्रेजी माध्यमिक बिद्यालय कनपा ४ दोभानटार सिन्धुलीमा सम्पन्न उक्त प्रतियोगितामा सोही विद्यालयका छात्र छात्रा गरि जम्मा १२ जना सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम बेन्जु घिमिरेलाई नगद २००० सहित प्रमाण पत्रले सम्मान गरिएको थियो । द्वितिय स्मीता भुजेललाई नगद १५०० सहित प्रमाणपत्र , तेश्रो हुने अनिशा मंग्रातीलाई नगद १००० सहित प्रमाणपत्र त्यस्तै सान्त्वना हुने अविरल पहाडी र समीक्षा रायमाझीलाई नगद ५०० सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

नेपाल डेरी एसोसिएसन जिल्ला समिति सिन्धुलीको आयोजना एवं सरोकारवाला कृषि वजार व्यवस्थापन समिति सिन्धुली, राजदेवि कृषि पशुपालन दुग्ध उत्पादक सहकारी संस्था लि.सिन्धुलीको सहकार्यमा वतृत्वकला प्रतियोगिता गरिएको नेपाल डेरी एसोसिएसन जिल्ला समिति सिन्धुली अध्यक्ष बलराम अधिकारीले जानकारी गराउनुभयो ।

९औं विश्व स्कुल दुध दिवसको अवसरमा एसोसिएसनले सात वटै प्रदेश र आफ्ना जिल्लाहरुमा विभिन्न कार्यक्रम गर्न निर्देशन गरेको थियो । एसोसिएसनले यस्ता विभिन्न किसिमका सामाजिक अभियानका कार्यक्रमहरु समय समयमा गर्दै आएको छ ।

आज कार्यक्रममा बालबालिकालाई दूध तथा दुग्ध पदार्थ सेवन गराइएको थियो भने कार्यक्रमको उदघाटन समेत विद्यार्थीहरुलाई दुध सेवन गराई गरिएको थियो ।

नेपाल डेरी एसोसिएसन जिल्ला समिति सिन्धुलीका अध्यक्ष बलराम अधिकारीको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य क्षेत्र नं २ क सिन्धुलीका माननीय छेत्र बहादुर वम्जनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेल , कमलामाई नगरपालिका वडा नं ४ का वडा अध्यक्ष महेन्द्र ढकाल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीका कार्यालय प्रमुख डाक्टर पर्वत न्यौपाने, सिन्धुली उद्योग वाणिज्य संघका महासचिव राजकुमार राज भण्डारी , कृषि वजार व्यवस्थापन समित सिन्धुलीका अध्यक्ष प्रयागराज खतिवडा , सोहि विद्यालयका प्रिन्सिपल पोषक पौडेल लगायत डेरी व्यवसायी,दुग्ध क्षेत्रका सहकारीकर्मी, शिक्षक विद्यार्थीको उपस्थिति रहेको थियो ।कार्यक्रम संचालन सोही विद्यालयका शिक्षिका प्रमिला कुमारी चौलागाईले गर्नु भएको थियो ।

Hot Topics

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

Related Articles